माओवादीले आफ्नो पहिचान गुमाइसक्यो : पूर्ण बस्नेत

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा (माओवादी केन्द्र) ले आफ्नो पहिचान गुमाइसकेको बताएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजिनामा मागेर सदन अवरुद्ध गर्दै आएको र गृहमन्त्रीको राजिनामाबाट व्याक नहट्ने भनिरहेको माओवादीले शुक्रबार सरकारसँग दुई बुँदे सम्झौता गरेपछि बस्नेतले माओवादीले सक्दा सत्ताका लागि र नसक्दा सत्ताबाट स्वार्थ पूर्तिका लागि सबैसँग पालैपालो सम्झौता गर्दागर्दा आफ्नो अस्तित्व र पहिचान गुमाइसकेको टिप्पणी गरेका हुन्।

उनले भने, ‘माओवादी एक थान पार्टी भन्दा पनि मुलुक रुपान्तरणको अभियान र आन्दोलन हो भन्ने मान्छेहरुलाई लाग्थ्यो। कुनैबेला झुत्रेझात्रे परेको माओवादीसँग ठूला-ठूला सामन्ती भनिनेहरू पनि सतर्क हुन्थे । विडम्बडना माओवादीप्रति जनताको विश्वास र माओवादीसँग अन्य दलहरुबीच अन्तर दुबै अब बाँकी रहेन।’ माओवादी अब पार्टीभित्र नवसामन्तवादको प्रवर्धन गर्दै सत्तासँग आत्मसमर्पण र सौदाबाजीमै आफ्नो अस्तित्वको खोजी गर्न थालेको उनको आरोप छ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »