सरकार प्रतिफल दिनसक्ने खालका आयोजनाको खोजीमा : मन्त्री दाहाल

काठमाडौं, ३१ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रतिफल पनि दिनसक्ने खालको आयोजनाको खोजी भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘दोलालघाट–चर्नावती सुरुङ्ग मार्ग निर्माण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रतिफल आउने खालको सडक आयोजनाको अध्ययन मन्त्रालयले गरिरहेको बताएका हुन् ।

उनले भने, ‘आयोजनाहरु अगाडि बढाउँदा जनताको घनाबस्ती भएको ठाउँ धेरै जनतालाई प्रभाव पार्ने ठाउँलाई प्राथमिकता दिन्छौँ । यस्ता आयोजनाहरुको पनि खोजी गरिरहेको छौँ । जुन आयोजनाले प्रतिफल पनि दिन सकोस् । ३०–४० वर्ष लाग्न सक्छ । त्यसको रिटर्न त आउनुपर्‍यो नि । प्रतिफल आउने खालको आयोजना सडकमा हुन्छ भने त्यसको अध्ययन पनि हामीले गरिरहेको छौँ ।’

त्यस्तै, उनले दोलालघाट चर्नावती सुरुङ्ग मार्ग निर्माणको विषयमा विभिन्न समस्या र चुनौतीहरु देखिएको भन्दै त्यसलाई पार गर्दै अगाडि बढ्नुपर्ने बताए । चर्नावती सुरुङ्ग मार्ग निर्माण दोलखाली जनताहरुको साझा अवधारणा बनेको भन्दै उनले खुसी व्यक्त गरे ।

उनले भने, ‘दोलालघाट चर्नावती सुरुङ्ग मार्ग निर्माणको विषयमा भएका समस्याहरु चुनौतीहरुलाई पार गर्दै अगाडि बढ्नुपर्छ । अब राजनीतिलाई विकाससँग पनि जोड्नुपर्छ भनेको थियौँ । त्यसको सुरुवात भएको जस्तो महशुस भएको छ । सुरुङ्ग मार्ग निर्माण दोलखाली जनताहरुको साझा अवधारणा बनेकोमा खुसी लागेको छ,’ उनले भने

मन्त्री दाहालले अन्य विकासित देशहरुमा जनताको चासोले नै विकास सम्भव भएको भन्दै विकास निर्माणमा गहिरो चासो जनताले राख्यो भने देश छिट्टै अगाडि बढ्न सक्ने धारणा राखे । उनले देशमा केही भएको छैन् भन्ने गलत भाष्य निर्माण भएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको पनि बताए ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »