अमेरिकामा महिला सांसद र उनका श्रीमानको गोली हानी हत्या

अमेरिका, १ असार । मिनेसोटाका डेमोक्रेटिक सांसदलाई उनको घरमा गोली हानी हत्या गरिएको छ ।

शनिबार डेमोक्रेटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको गोली हानी हत्या भएको हो ।

प्रहरीले आक्रमणकारी संदिग्ध अझै फरार रहेको बताएको छ । उनी बन्दुकधारी प्रहरीको पोशाकमा आएका थिए । आक्रमणकारीसँग एउटा टेजर (बन्दुक जस्तो उपकरण) पनि थियो । संदिग्धसँग एउटा कार पनि थियो, जुन प्रहरीले जफत गरेको छ ।

यस्तै, शनिबार नै डेमोक्रेटिक स्टेट सिनेटर जोन हफम्यान र उनकी श्रीमती यभेटलाई गोली हानिएको छ । दुवै घाइते छन् । दुवैको शल्यक्रिया गरिएको छ र डाक्टरहरूले उनीहरू बाँच्ने अपेक्षा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले आक्रमणमा परेका दुई सांसदहरू एकअर्काबाट करिब १२ किलोमिटर टाढा रहेको च्याम्पलिन र ब्रुकलिन पार्कमा बसोबास गरिरहेको बताएको छ । सिनेटर हफम्यान र उनकी श्रीमती यभेट च्याम्पलिनमा बस्छन् ।

हफम्यानलाई कम्तिमा दुई पटक र यभेटलाई तीन पटक गोली लागेको थियो । यो जोडी आफ्नी छोरी होपसँग बस्छन् । यद्यपि, घटनाको समयमा उनी घरमा थिइन् कि थिइनन् भन्ने कुरा रिपोर्ट गरिएको छैन ।

मिनेसोटाका गभर्नर टिम वाल्जले घटनाको बारेमा भने– दुवै सांसदमाथि भएको आक्रमण राजनीतिक रूपमा प्रेरित देखिन्छ । मेलिसा एक महान जनसेवक थिइन् । उनको स्थान कसैले लिन सक्दैन ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »