अमेरिकामा महिला सांसद र उनका श्रीमानको गोली हानी हत्या

अमेरिका, १ असार । मिनेसोटाका डेमोक्रेटिक सांसदलाई उनको घरमा गोली हानी हत्या गरिएको छ ।

शनिबार डेमोक्रेटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको गोली हानी हत्या भएको हो ।

प्रहरीले आक्रमणकारी संदिग्ध अझै फरार रहेको बताएको छ । उनी बन्दुकधारी प्रहरीको पोशाकमा आएका थिए । आक्रमणकारीसँग एउटा टेजर (बन्दुक जस्तो उपकरण) पनि थियो । संदिग्धसँग एउटा कार पनि थियो, जुन प्रहरीले जफत गरेको छ ।

यस्तै, शनिबार नै डेमोक्रेटिक स्टेट सिनेटर जोन हफम्यान र उनकी श्रीमती यभेटलाई गोली हानिएको छ । दुवै घाइते छन् । दुवैको शल्यक्रिया गरिएको छ र डाक्टरहरूले उनीहरू बाँच्ने अपेक्षा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले आक्रमणमा परेका दुई सांसदहरू एकअर्काबाट करिब १२ किलोमिटर टाढा रहेको च्याम्पलिन र ब्रुकलिन पार्कमा बसोबास गरिरहेको बताएको छ । सिनेटर हफम्यान र उनकी श्रीमती यभेट च्याम्पलिनमा बस्छन् ।

हफम्यानलाई कम्तिमा दुई पटक र यभेटलाई तीन पटक गोली लागेको थियो । यो जोडी आफ्नी छोरी होपसँग बस्छन् । यद्यपि, घटनाको समयमा उनी घरमा थिइन् कि थिइनन् भन्ने कुरा रिपोर्ट गरिएको छैन ।

मिनेसोटाका गभर्नर टिम वाल्जले घटनाको बारेमा भने– दुवै सांसदमाथि भएको आक्रमण राजनीतिक रूपमा प्रेरित देखिन्छ । मेलिसा एक महान जनसेवक थिइन् । उनको स्थान कसैले लिन सक्दैन ।

उद्धार गर्न सरकार युद्धस्तरमा : प्रधानमन्त्री ओली

काठमाडौँ, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण रसुवाको ल्हेन्दे खोलासँगै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई

Read More »

वीरगञ्जमा खानेपानीको हाहाकार

वीरगञ्ज (पर्सा), २४ असार । वीरगञ्जमा खानेपानीको हाहाकार भएको छ । घरघरमा जडान गरिएका चापाकल सुकेसँगै वीरगञ्ज महानगरवासी पानीको समस्यामा परेका हुन् । चापाकल सुकेपछि

Read More »

रसुवा बाढीमा बेपत्ता हुने नेपालीमा अधिकांश श्रमिक

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना बेपत्ता भएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार

Read More »

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

रसुवा, २४ असार । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ

Read More »

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

धनुषा, २४ असार । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । उनीहरुको आज पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको

Read More »

देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट जोगिन आसापासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले जल तथा मौसम

Read More »