लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

म्याग्दी, १ असार । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ ।

टेलिकमले धवलागिरि गाउँपालिका–२ खोरियाको नयाँ वनमा फोरजी (चौथो पुस्ता)को इन्टरनेट चलाउन मिल्ने बिटिएस टावर स्थापना गरेर साविक लुलाङ गाविसमा मोबाइल फोन सेवा विस्तार गरेको हो ।

धवलागिरि गाउँपालिकाको खोरिया, दर, मुना, लमसुङ, लुलाङ, मरेनी, जलजला क्षेत्रलाई लक्षित गरेर बिटिएस टावर सञ्चालन भएको धवलागिरि–२ लुलाङका वडाध्यक्ष अकप्रसाद कुमाईले जानकारी दिए ।

“मुदीमा रहेको बिटिएस टावरको सिग्नल खाल्डोमा रहेको लुलाङको वडा कार्यालय, स्वास्थ्यचौकी, लमसुङ, मरेनी, लुलाङमा राम्रोसँग नटिप्ने समस्या थियो”, उनले भने, “मोबाइलको टावरले नटिप्ने समस्याका कारण सूचना आदानप्रदानका साथै स्थानीयवासीलाई फोन गर्न टावरले टिप्ने ठाउँमा जानुपर्ने समस्या हटेको छ ।”

गत फागुन पहिलो हप्ता बिटिएस टावर स्थापना भए पनि विद्युत् सुविधाको अभावमा सञ्चालन हुनसकेको थिएन । नेपाल विद्युत् प्राधिकरणले गत हप्ता केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गरेपछि स्थापना भएको चार महिनापछि बिटिएस टावर सञ्चालन भएको हो ।

टावर सञ्चालनका लागि स्थानीयवासी र गाउँपालिकाले खोरियामा उपकरण राख्ने घर बनाएका छन् । खोरिया क्षेत्रमा एनसेललगायत निजी क्षेत्रका कम्पनीहरूको मोबाइल सेवा उपलब्ध छैन ।

वीरगञ्जमा खानेपानीको हाहाकार

वीरगञ्ज (पर्सा), २४ असार । वीरगञ्जमा खानेपानीको हाहाकार भएको छ । घरघरमा जडान गरिएका चापाकल सुकेसँगै वीरगञ्ज महानगरवासी पानीको समस्यामा परेका हुन् । चापाकल सुकेपछि

Read More »

रसुवा बाढीमा बेपत्ता हुने नेपालीमा अधिकांश श्रमिक

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना बेपत्ता भएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार

Read More »

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

रसुवा, २४ असार । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ

Read More »

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

धनुषा, २४ असार । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । उनीहरुको आज पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको

Read More »

देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट जोगिन आसापासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले जल तथा मौसम

Read More »

बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन प्रचण्डको आग्रह

काठमाडौं, २४ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन अनुरोध

Read More »