३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने बित्तिकै सबै बालेन शाह नहुने टिप्पणी गरे ।

उनले भने, ‘युवा मात्रै सबै कुरा होइन रहेछ। युवा हुने बित्तिकै, ३५–३६ वर्षको हुने बित्तिकै सबै बालेन शाह हुँदैन। ३५–३६ वर्षको हुने बित्तिकै सबै बालेन शाह हुने अथवा अहिले संसारमा ९३–९४ वर्षका मानिसहरू पनि राष्ट्रपति छन्। ८० वर्षको डोनाल्ड ट्रम्प महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति हुनुहुन्छ । ८० वर्षको मान्छेले देश चलाईरहेको छ, संसार हाँकिरहेको छ भनेर ८० वर्षका सबै डोनाल्ड ट्रम्प पनि हुँदैनन्। त्यसकारण उमेर मात्रै सबै कुरा होइन ।’

उनले पार्टीमा केही थरीले अध्यक्षले मान्छेलाई कारबाही गरेकै कारणले छाडेको भन्ने आरोपमा सत्यता नभएको बताए। उनले थपे, ‘यो झन्डै ५ वर्षको कार्यकालमा पाँच जना मान्छे पार्टीबाट हामीले कारबाही गरेको मान्छेको नाम भनौँ न को को हो? त्यसै भनेर हुन्छ? धेरै मान्छेहरू जसले आफ्नै निर्वाचनमा आफै पार्टीको जिम्मेवार पदमा थियौ। आफ्नै निर्वाचन क्षेत्रमा बागी उम्मेदवार उठाएर हिँड्ने, उनीहरूलाई त हामीले कारबाही गरेनौँ, त्यतिबेलै निकाल्नुपर्ने। त्यो त पर्खेर बस्यौँ, कसलाई कारबाही गरेको छ ?’

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »