संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ, १ असार । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै छलफल गर्नुभएको छ । रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेकाले सदन अवरोधको स्वरुप बदल्न तथा सदनलाई मर्यादित बनाउन उहाँको ध्यानाकर्षण गराउनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले राससलाई जानकारी दिनुभयो ।

रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाउनुभयो । गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएकोबारे विभिन्न दलका प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । सभामुखले राप्रपाका अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन अनुरोध गर्नुभएको थियो । अध्यक्ष लिङ्देनलाई टेलिफोन गरेर सभामुखले संसद्मा आफ्ना विषय राखेर सदनको कारबाही सञ्चालनमा सहयोग गर्नुभएको सभामुखको निजी सचिवालयले जनाएको छ ।

उद्धार गर्न सरकार युद्धस्तरमा : प्रधानमन्त्री ओली

काठमाडौँ, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण रसुवाको ल्हेन्दे खोलासँगै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई

Read More »

वीरगञ्जमा खानेपानीको हाहाकार

वीरगञ्ज (पर्सा), २४ असार । वीरगञ्जमा खानेपानीको हाहाकार भएको छ । घरघरमा जडान गरिएका चापाकल सुकेसँगै वीरगञ्ज महानगरवासी पानीको समस्यामा परेका हुन् । चापाकल सुकेपछि

Read More »

रसुवा बाढीमा बेपत्ता हुने नेपालीमा अधिकांश श्रमिक

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना बेपत्ता भएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार

Read More »

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

रसुवा, २४ असार । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ

Read More »

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

धनुषा, २४ असार । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । उनीहरुको आज पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको

Read More »

देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट जोगिन आसापासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले जल तथा मौसम

Read More »