निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले गरेको योगदानको प्रशंसा गर्नुभयो ।

“नेपाल र नेपालीको चाहनाअनुरुप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै यसलाई प्रविधिमैत्री र समयसापेक्षा बनाएको जानकारी पाउँदा मलाई खुसी लागेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “आयोगलाई थप साधनस्रोत सम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले उचित ध्यान दिनुपर्छ ।

सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि सरकार तत्पर रहनेछ ।” राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहनुभएको समारोहमा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी युवापुस्तामा विश्वासको वातावरण सृजना गरी राष्ट्र सेवामा सबैलाई प्रेरित गर्न आयोगले निरन्तर भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सत्ता कब्जा गर्नेहरुलाई मात्रै निर्वाचन अनिवार्य चाहिएको छ : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश जोगाउने, मुलुक जोगाउने, धर्म जोगाउने र संस्कृति जोगाउने पत्रकारिता देशमा चाहिएको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले

Read More »

टर्कीको संसद्मा सांसदबीच कुटाकुट

काठमाडौं । टर्कीको संसद्मा सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच कुटाकुट भएको छ । विवादास्पद व्यक्तिलाई न्याय मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै झगडा र कुटपिट भएको हो

Read More »

त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा एक महिनासम्म निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा एक महिनासम्मका निम्ति निषेधाज्ञा जारी गरेको छ । बिहीबार (माघ २९)देखि लागु हुने गरी

Read More »

बँदेल आतंक रोक्न माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर

सुर्खेत । कर्णालीका विभिन्न स्थानमा बँदेलको आक्रमण बढेपछि क्षतिपूर्ति माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । बँदेल आतंक बढेको स्थानलाई विपद् संकट

Read More »

कराँचीमा चार छुट्टाछुट्टै गोलीकाण्डमा ४ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । पाकिस्तानको कराँची सहरमा बुधबार राति भएका चार छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मेमन

Read More »

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर

Read More »