अवैध आप्रवासीको डिपोर्टेसन तीव्र पार्न ट्रम्पको निर्देशन

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रूपमा देशभित्र बसिरहेका आप्रवासीहरूको डिपोर्टेसन तीव्र पार्न निर्देशन दिएका छन् । सामाजिक सञ्जाल मञ्च ‘टुथ सोसल’मा उनले संघीय एजेन्सीहरूलाई भएभरको सबै तागत लगाएर इतिहासकै सबैभन्दा ठुलो एक्लो सामूहिक निर्वासन कार्यक्रम पूरा गर्न निर्देशन दिएका हुन् । जबकि उनको यो नीतिविरुद्ध विरोध प्रदर्शन भइरहेको छ ।

उनले यो निर्देशनमा लस एन्जलस, सिकागो र न्यूयोर्कलाई विशेष निशाना बनाएका छन् । जुन ६ मा कागजातबिहीन आप्रवासीहरूमाथि छापा मार्ने काम सुरु भएयता यी ठाउँमा बृहत् स्तरको प्रदर्शन धेरै भइरहेका छन् । यी विरोध प्रदर्शन दबाउन ट्रम्पले सेना परिचालन समेत गरेका थिए । उनको यो कदमले कानुनी चुनौती र आलोचना खेपिरहेको छ ।

यस प्रयासमा सम्भावित भएको सबै प्रयास गर्न र स्रोत लगाउन समग्र प्रशासनलाई आफूले निर्देशन दिएको ट्रम्पले बताएका छन् । ट्रम्पले अमेरिकाको घरेलु शान्तिलाई कम आँक्ने जोकोहीलाई देशभित्र प्रवेशमा निषेध गर्ने समेत बताएका छन् ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »