भारतीयले बन्द गराए महाकाली नदी पुल

दार्चुला । भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द गरेको छ । महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ बन्द भएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले एक जना भारतीय नागरिकको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले महाकाली नदीको पुल बन्द गराएको बताए ।

‘धारचुलामा एउटा मर्डर केस छ । त्यो मर्डरमा संलग्न दुई जना व्यक्ति भागेर नेपाल आएको भन्ने अपुष्ट खबर छ । नेपालतर्फ हामीले पनि खोजिरहेका छौं तर फेला परेको छैन,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘हत्यामा संलग्नलाई पक्राउ गर्नुपर्यो भनेर दबाब दिने उद्देश्यले स्थानीयले बाटो बन्द गराएको जानकारी भारतीय अधिकारीहरुले दिएका छन् ।’ भारत सरकार आफैंले नभई भारतीय नागरिकहरुले आफ्नो सरकारलाई दबाब दिने उद्देश्यले बाटो बन्द गरेको बुझिएको पौडेलले बताए ।

भारतको धारचुलाका डिएम (डिस्ट्रिक मजिस्ट्रेट) सँग बाटो खुलाउन पहल गर्ने विषयमा कुराकानी भइरहेको उनले जानकारी दिए । आज बिहान ११ बजेदेखि भारतीयहरुले प्रदर्शन गर्दै आएका छन् । त्यतिबेलादेखि नै महाकाली नदी माथिको पुलको बाटो बन्द छ । दिउँसो केही मिनेट बाटो खुले पनि अहिले फेरि बन्द भएको उनले बताए । जुन ७ तारिखको दिन भारत धारचुलाका कमलेश दानुको चक्कु प्रहार गरी हत्या भएको थियो ।

उनको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको माग गर्दै गत शनिबार अनुवाल समुदायका अध्यक्ष गुमान सिंह विष्ट नेतृत्वको टोलीले पिथौरागढका उपजिल्ला अधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाएको थियो । साथै उनीहरुले धारचुला बन्द र नेपाल–भारत सीमा पुल बन्द गर्ने घोषणा गरेका थिए ।

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र

Read More »