व्यावहारिक र लागू गर्न सकिने बजेट आएको छः सांसदहरु

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले संसद्मा प्रस्तुत गरेको बजेट व्यवहारिक र लागू गर्न सकिने भएको सांसदहरुले सदनमा धारणा राखेका छन् । प्रतिनिधिसभा बैठकमा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँहरुले बजेटबारे सकारात्मक प्रतिक्रिया दिनुभएको हो । सांसद उदयशम्शेर जबराले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट व्यावहारिक र लागू गर्न सकिने रहेको बताउनुभयो । निराश रहेका निजी क्षेत्रलाई उत्साह दिने गरी बजेट आएको उहाँको भनाइ थियो ।

स्टार्ट अपका लागि पाँच वर्षका लागि कर छुटले नयाँ उद्यमीलाई उत्साह दिने सांसद राणाले बताउनुभयो । “बजेटमा निर्यात प्रवद्र्धनलाई प्राथमिकता दिनु स्वागतयोग्य कुरा हो”, उहाँले भन्नुभयो । विसं २०८१ असोजमा गएको बाढीबाट ठूलो धनजनको क्षति भए पनि रु एक खर्ब १९ अर्ब पूनःनिर्माणका लागि छुट्याइएको उल्लेख गर्दै उहाँले उक्त बजेट अपुग रहेको बताउनुभयो । सांसद भगवती चौधरीले बजेटको सन्तुलित, यथार्थपरक र स्रोत सुनिश्चितता तथा सम्भावना र प्रभावकारितालाई केलाउँदै अर्थपूर्ण प्रतिफल आउन सक्ने बताउनुभयो । “बजेट कार्यान्वयनमा आउने चुनौती धेरै छन् । बजेट पूर्ण रुपमा कार्यान्वयन गर्न सकारात्मक पहल गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

बजेटले नयाँ पुस्तालाई स्वदेशमा नै अवसर प्रदान गर्नेगरी योजना बनाएको भन्दै सांसद चौधरीले सूचना प्रविधिमा युवा पुस्तालाई आकर्षण गर्ने योजना प्रंशनीय रहेको बताउनुभयो । सांसद नगिना यादवले मुलुकको आर्थिक समस्या समाधान गर्नेगरी बजेट आए पनि कार्यान्वयनमा भने चुनौती रहेको बताउनुभयो । “बहुमतले बलियो बजेट ल्याउन त सक्थ्यो, आर्थिक समस्याबाट मुलुकलाई मुक्त गर्न सकिन्थ्यो । तर, छिटो आर्थिक लाभ दिने किसिमको बजेट आउन सकेको छैन,” उहाँले भन्नुभयो, “सङ्घीय कानुन बनाएर कर प्रणालीलाई सहज बनाउनुपर्छ ।” मधेश प्रदेशलाई उपेक्षा गरी बजेट विनियोजन भएको उहाँको आरोप थियो ।

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र

Read More »