नेप्से परिसूचक सामान्य गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव २२ अङ्कले घटेर दुई हजार छ सय दशमलव ५३ को बिन्दुमा कायम भएको हो । आज तीन सय १६ कम्पनीका एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर ६२ हजार ७५५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७६ करोड ७८ लाख ९५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ४४, लगानी शून्य दशमलव २७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४२, लघुवित्त शून्य दशमलव १९ र म्युचुअल फन्ड शून्य दशमलव २७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ४२, वित्त शून्य दशमलव ७४, होटल तथा पर्यटन शून्य दशमलव, जलविद्युत् शून्य दशमलव ४४, जीवन बीमा शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव ३१, व्यापार शून्य दशमलव ०९ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ । आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव ०१ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने एनआइसी एसिया डिभेन्चर २०८५÷८६ को शेयर मूल्य पाँच दशमलव १७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमिटेडको २७ करोड ६५ लाख ९० हजार ९७७ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने शिवश्री हाईड्रोपावर लिमिटेडको छ लाख ९६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डीपी अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन्। सभामुख अर्यालले

Read More »

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन्

Read More »

प्रधानमन्त्रीको कार्यतालिका सोध्ने र उपस्थिति तोक्ने अधिकार सभामुखलाई छैन : सभामुख

काठमाडौा । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफूलाई प्रधानमन्त्री बालेन्द्र साहलाई संसद्को बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताएका छन्। विपक्षी दलका सांसदहरूले

Read More »

प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित

काठमाडौँ । विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री बालेन शाहको अनुपस्थित

Read More »

सदन सुचारु गर्न सभामुख र प्रमुख सचेतकबिच परामर्श

काठमाडौँ । प्रतिपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले परामर्श थालेका छन् । सदन सुचारु गर्न सहमति जुटाउन सभामुखले दलका प्रमुख सचेतक र

Read More »

प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारको

Read More »