पोखरा। पोखराको फिर्के खोला अतिक्रमण गरेर बनाइएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ । फेवातालको मुहानका रूपमा रहेको फिर्के खोलाको संरक्षण र सीमांकनका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले आज डोजर चलाएको हो ।
अतिक्रमित संरचनाहरूमा केही विद्यालय, विभिन्न टोल तथा जातीय संगठनका समाज घरहरू, लायन्स क्लब अफ फिस्टेल सिटीको भवन र वडा नम्बर १७ स्थित गाईघाटमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ) को तालिम केन्द्रको भवन समेत पर्दछन् । महानगरले यसअघि सूचना जारी गरेर खाली गर्न आह्वान गरेपनि खाली नभएपछि आज डोजर चलाइएको हो ।










