सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछ : मुख्यमन्त्री पाण्डे

लेखनाथ (कस्की), १० असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चारकर्मीले सत्यतथ्य समाचार प्रकाशन÷प्रशारण गरेर जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिनुभएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घद्वारा आज पोखरामा आयोजित ‘प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “कतिपय अवस्थामा मिडियाले सत्यतथ्य समाचार सम्प्रेषण नगर्दा दुःख लाग्छ ।” सूचनाको हक लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएकाले गण्डकी प्रदेश सरकारले मिडिया नियन्त्रण गर्न नचाहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले सत्यतथ्य समाचारको पक्षमा सधैँ उभिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “स्वतन्त्रताको नाममा छाडातन्त्र भएकाले सामाजिक सञ्जाललाई नियमन गर्न आवश्यक देखिन्छ ।” प्रमाणका आधारमा समाचार प्रकाशित भयो कि भएन भनेर पत्रकार आफैँले मनन गर्न जरुरी भएको जिकिर गर्दै उहाँले मनको तृष्ण मेटाउन जिम्मेवार पेसाको दुरुपयोग गर्न नहुने सुझाव दिनुभयो । आम नागरिकलाई राज्यको कामकारबाहीका बारेमा जानकारी दिनु सरकारको दायित्व भएको बताउँदै उहाँले पत्रकारिता केवल सूचना दिने माध्यम मात्र नभई समाजमा उत्तरदायित्व, पारदर्शिता र सुशासन सुनिश्चित गर्ने खम्बा रहेको उहाँले उल्लेख गर्नुभयो । लोकतन्त्रमा मात्र पत्रकारिता फस्टाउन सक्ने भएकाले सञ्चारकर्मीले यसबारे कलम चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । पोखरा उच्च अदालत बार एसोसिएसन, कास्कीका अध्यक्ष शालिग्राम भट्टराईले नेपालको संविधानले सूचनाको हक प्राप्त गर्ने अधिकार दिएकाले अधिकारबाट कोही वञ्चित हुन नहुने बताउनुभयो ।

लोकतन्त्र बलियो बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । नागरिक समाजका तर्फबाट बोल्दै नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले जनताले उठाएका कुरालाई चासो दिएर सूचना प्रवाह गर्न सके मात्र लोकतन्त्रको अनुभूति गर्न सकिने बताउनुभयो । “अब पत्रकारहरुले पारदर्शीका कुरा मात्र हैन, मुलुकको संरचनामा पनि बहस गर्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो । महासङ्घका अध्यक्ष उमिद वादचन्दको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । महासङ्घका महासचिव पूर्णप्रसाद मिश्रले सूचनाको हक र वर्तमान अवस्थाका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज (मंगलबार) बस्दैछ । बैठक अपराह्न १२ः१५ वजे बस्ने भएको हो । बैठममा ‘विनियोजन विधेयक, २०८३’अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका

Read More »

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »