कतारको भूमिकामा इजरायल–इरान युद्धविराम

काठमाडौं, ११ असार । इजरायल र इरानबीचको युद्धको १२औं दिन मंगलबार युद्धविराम भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम घोषणापछि इजरायल र इरान दुवैले यसलाई स्वीकार गरेको पुष्टि गरेका हुन् ।

मिडिया रिपोर्टका अनुसार खाडी मुलुक कतारले दुई देशबीच युद्धविराम गराउन महत्वपूर्ण भूमिका खेलेको हो । कतारको मध्यस्थतामा मात्र दुवै देशले आक्रमण रोक्न सहमति जनाए ।

यसैबीच, युद्धविरामपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गरेका छन् ।

नेतान्याहूले यसलाई इरानविरुद्ध ऐतिहासिक विजय पनि भनेका छन् । उनले यो जित पुस्तौपुस्तासम्म सम्झिने उल्लेख गरेका छन् । नेतान्याहूले भने– हामी सिंह जस्तै उठ्यौँ र हाम्रो गर्जनले तेहरानलाई हल्लायो ।

इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी गरिएको भिडियो सन्देशमा हमासलाई पराजित गर्नुपर्ने र गाजामा रहेका सबै बन्धकहरूको फिर्ती सुनिश्चित गर्नुपर्ने पनि भनिएको छ ।

यता, इरानी विदेशमन्त्री अब्बास अराघचीले भने कि इरानले आणविक कार्यक्रम रोक्नेछैन । उनले भने– हामीले यो प्रविधि प्राप्त गर्न धेरै कडा परिश्रम गरेका छौँ । हाम्रा वैज्ञानिकहरूले त्याग गरेका छन् ।

युद्धविरामपछि इरानको राजधानी तेहरानमा पनि विजय उत्सव कार्यक्रम आयोजना गरिएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पहिलोपटक मंगलबार बिहान सामाजिक सञ्जालमार्फत दुई देशबीच युद्धविराम भएको जानकारी दिएका थिए ।

इजरायल–इरानबीचको १२ दिनको युद्धमा दुवैले आफ्नो देशले विजय प्राप्त गरेको दाबी पनि गरेका छन् ।

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज (मंगलबार) बस्दैछ । बैठक अपराह्न १२ः१५ वजे बस्ने भएको हो । बैठममा ‘विनियोजन विधेयक, २०८३’अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका

Read More »

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »