हुलाक सेवालाई विश्वसनीय र दु्रत बनाउन सके राजस्व बढ्छ : मन्त्री गुरुङ

काठमाडौँ, ११ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई विश्वसनीय, भरपर्दो र दु्रत बनाउन सके राजस्व बढाउन सकिने धारणा व्यक्त गर्नुभएको छ । हुलाक सेवा विभागले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षासम्बन्धी अन्तरक्रियामा मन्त्री गुरुङले आधुनिक र स्मार्ट हुलाक बनाउन नयाँ ऐनको आवश्यकता औँल्याउनुभयो । “हुलाकलाई आधुनिक बनाउन मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको छ, आधुनिक हुलाक निर्माणका लागि नीति निर्माण अन्तिम चरणमा छ”, उहाँले भन्नुभयो ।

उहाँले कर्मचारीको क्षमता वृद्धिमा पनि सुझाव दिनुभयो । “हामी यसै वर्ष हुलाक ऐन ल्याउछौँ, स्थानीय हुलाक संरचनालाई अझै प्रभावकारी बनाउने योजनाका साथ काम भइरहेको छ, यसका लागि कर्मचारीहरुको भरपुर सहयोग र साथ चाहिन्छ”, उहाँले भन्नुभयो । मन्त्री गुरुङले यस वर्षभित्र स्थानीय तहका हुलाक कार्यालयमा कम्तीमा एउटा मोटरबाइक उपलब्ध गराउने समेत उल्लेख गर्नुभयो ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट हुलाका लागि पर्याप्त बजेट विनियोजन नभए पनि आवश्यकताका आधारमा बजेट थप गर्न र अन्य स्रोत जुटाउन आफूले सक्दो प्रयास गरेको उहाँको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सह–सचिव कोशहरि निरौलाले मन्त्रालय हुलाक सेवाको वृद्धि र विकासका लागि सधै सकारात्मक रहेको बताउदै हुलाकलाई इकर्मशमा जोड्ने प्रयत्न रहेको बताउनुभयो । हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवालाई जनताको घरदैलोसम्म पु¥याउन स्थानीय तहसँग सहकार्य गर्दै आएको बताउनुभयो ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »