काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी छ : प्रहरी महानिरीक्षक थापा

काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यबद्धता भए लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन् । बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको बताए । त्यसलाई मध्यनजर गरी नेपाल प्रहरीले काठमाडौँ उपत्यका प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढङ्गले अघि बढाइरहेको बताए । सबै पालिका, सबै तह तप्का र विद्यालय तहमा लागुऔषध विरुद्धको अभियानमा सचेतनामूलक कार्यक्रम लिएर अघि बढिरहेको बताए ।

लागुऔषधको डिमान्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर योजना बनाइ अघि बढ्न जरुरी रहेको बताए । नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आवमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको जानकारी दिए ।

उनले भने, ‘काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको छ । अहिले काठमाडौँ उपत्यका प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाभर हामीले लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढङ्गले अघि बढाइरहेका छौँ । हामीले सबै पालिका, सबै तह तप्का र विद्यालय तहमा हामीले लागुऔषध विरुद्धको अभियानमा सचेतनामूलक कार्यक्रम लिएर जाँदैछौँ । सबैको ऐक्यबद्धता भए लागुऔषध दुर्व्यसनी हामी नियन्त्रण गर्न सक्छौँ ।’

उनले भने, ‘डिमान्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर हामीले कार्यक्रम बनाउन जरुरी छ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आवमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको छ ।’ उनले लागुऔषधको न्यूनीकरण, रोकथाम र नियन्त्रणको विषय गम्भीर बन्दै गइरहेको बताए । लागुऔषधको नियन्त्रण र निवारणमा समयमै सबै एकजुट हुन नसके उत्पादनशील र सृजनशील युवा जनशक्ति गुमाउनुपर्ने अवस्था रहेको बताए ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »