मन्त्री खड्काद्वारा ऊर्जामन्त्रीस्तरीय बैठकलाई सम्बोधन

काठमाडौँ, १२ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग सङ्गठन (एससिओ)को सदस्य राष्ट्रको पाँचौंँ ऊर्जामन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्नुभएको छ । चीनको जेझियाङ प्रान्तको निङ्बो सहरमा आयोजित बैठकलाई आज सम्बोधन गर्दै मन्त्री खड्काले एससिओ सदस्य राष्ट्रको जनसङ्ख्या, स्रोत र सम्भावनालाई दृष्टिगत गरी लगानी प्रवद्र्धन एवं ऊर्जा व्यापारका लागि नवीन सोचसहित क्षेत्रीय ढाँचा निर्माण तथा सहकार्यलाई अझ प्रभावकारी र सुदृढ तुल्याउनुपर्ने खाँचो औँल्याउनुभयो ।

‘इन्टरग्रेटेड इनोभेसन फर इनर्जी फ्युचर’ नाराका साथ सुरु भएको उक्त बैठकमा मन्त्री खड्काले एससिओ सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवद्र्धनका पक्षमा क्षेत्रीय एकता, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको लिएको नेपालले पन्ध्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी योजना तथा कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो । नेपालमा हाल करिब तीन हजार ५०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइसकेको र निकट भविष्यमा यो दोब्बर बनाउने योजनाका साथ काम भइरहेको उहाँले बताउनुभयो ।

छिमेकी देशहरूसँग विद्युत् व्यापार सुरु गरिसकेको जानकारी दिँदै ऊर्जामन्त्री खड्काले भारतको ग्रिड प्रयोग गरी पहिलोपटक बङ्गलादेशमा विद्युत् निर्यात गरेर त्रिपक्षीय ऊर्जा सहकार्यको नीति कार्यान्वयनमा आएको स्पष्ट गर्नुभयो । एससीओको संवाद साझेदार राष्ट्रका रुपमा क्षेत्रीय ऊर्जा सहकार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खड्काले आपसी सहयोग र सहकार्यका आधारमा वातावरण सन्तुलन, नवप्रवर्तन, दिगो विकासको अवधारणासहित ऊर्जा क्षेत्रको विकास एवं विस्तारका पक्षमा नेपाल रहेको स्पष्ट गर्नुभयो । सो बैठकमा भाग लिन मन्त्री खड्का यही असार १० गते मङ्गलबार चीनतर्फ प्रस्थान गर्नुभएको थियो ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »