कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मान्म(कालीकोट), १२ असार । कालीकोटको रास्कोट नगरपालिका–३ का दलित बस्तीमा एक घर एक खानेपानीको धारा जडान भएको छ । सागाटिया, कुमाल वाडा र नैकला टोलका एक सय ७८ घरधुरीमा पाँच किलोमिटर टाढाको मुहानबाट पानी ल्याएर ‘एक घर, एक धारा’ योजना अन्तर्गत खानेपानी पु¥याइएको हो । घरघरमै धारा जडान भएसँगै पुस्तौँदेखिको खानेपानीको सङ्कट अन्त्य भएको छ भने स्थानीयलाई घण्टौँ टाढाबाट पानी बोकेर ल्याउने बाध्यता हटेको छ ।

एक गाग्री पानी ल्याउन बिहानभरि लाग्ने गरेको र घरमा खानेपानीको धारा आउला भन्ने कल्पना नगरेको स्थानीय सीता कुमालले बताउनुभयो । ‘अब बचेको समयमा आम्दानीको काम गर्न थालेका छौं,’ उहाँले भन्नुभयो,“खानेपानी ल्याउनका लागि टाढाटाढा जानुपर्ने बाध्यता हटेको छ ।” खानेपानी योजना बनाउनका लागि हेल्भेटास नेपाल र रास्कोट नगरपालिकाको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल, कालीकोटको प्राविधिक सहयोगमा सम्पन्न भएको हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीले बताउनुभयो । “करिब रु डेढ करोडको लागतमा दुई वटा आयोजनामार्फत योजना सम्पन्न भएको हो,’ उहाँले भन्नुभयो, ‘स्थानीयको श्रमदान महत्वपूर्ण रहेको थियो ।”

खानेपानीसँगै सरसफाइ सुधारका लागि भाँडा सुकाउने ठाउँ, फोहर फाल्ने खाडललगायत संरचना पनि निर्माण गरिएको छ । जसले बस्तीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ । रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले यो आयोजना नगरपालिकाको नमूना योजना भएको बताउनुभयो । उहाँले यसको संरक्षण र दीगो प्रयोगमा सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । खानेपानी योजनाले सामाजिक न्यायलाई व्यवहारमा उतारेको उप–प्रमुख मनिराज बरालले बताउनुभयो । ‘विकट दलित बस्तीमा शुद्ध पानी पु¥याएर हामीले विभेद् अन्त्यको दिशामा सानो तर महत्वपूर्ण कदम चालेका छौंँ,’ उहाँले भन्नुभयो, ‘अब सरसफाइ र मर्मतमा स्थानीयको सक्रियता आवश्यक छ ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »