डोल्पाको काइकेमा लेदोसहितको पहिरो, ८ घर पुरिए

सुर्खेत । अविरल वर्षासँगै डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो गएको छ ।  गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् । यस्तै ५३ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रुकबहादुर खड्काले पहिरोका कारण ८ घर पुरिएर पूर्ण रूपमा क्षति भएको जानकारी दिए । यसैगरी १२ घरमा मध्यम क्षति पुगेको छ । यस्तै, पहिरोले एउटा विद्यालय भवनमा पनि पूर्ण क्षति पुर्‍याएको उनले बताए । बाँकी घरहरूमा सामान्य क्षति पुगेको उनले बताए ।

डीएसपी खड्काले भने, ‘बस्तीभन्दा करिब ५०० मिटर माथिबाट लेदोसहितको पहिरो आएको हो ।  मोटरबाटो खन्दा निस्किएको माटो र ढुङ्गासहितको लेदो बगेर बस्तीमा पसेको देखिन्छ ।’ घटनालगत्तै स्थानीय प्रहरी चौकी तथा जिल्ला सदरमुकाम दुनैबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ । सशस्त्र प्रहरीका सईको कमान्डमा ११ जनाको टोली घटनास्थल पुगिसकेको छ । उद्धार टोलीले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने, घरभित्रका सामान निकाल्ने र पुनस्र्थापनामा सहयोग गरिरहेको छ ।

काइके गाउँपालिकाका अध्यक्ष अंगद कुमार राना पनि प्रभावितहरुका लागि खाद्यान्न र बासको व्यवस्था मिलाउन घटनास्थलतर्फ लागेको डीएसपी खड्काले बताए । पहिरोका कारण अधिकांश घरहरु बस्न नमिल्ने भएका छन् । घरभित्र लेदो पसेकाले स्थानीय बासिन्दा विस्थापित भएका छन् । पहिरो आउन सुरु भएसँगै स्थानीय भाग्न सफल भएकाले  मानवीय क्षती भने भएको छैन । डीएसपी खड्काका अनुसार पहिरो प्रभावित क्षेत्रमा बर्खाको समयमा मात्रै बग्ने तीनवटा खहरे खोला छन् । माथिबाट पहिरो खस्न सुरु भएपछि ती खोलाहरूमा ठूलो आवाजसहित ढुङ्गामाटो बग्न थालेको थियो ।

यही गडगडाहटको आवाजले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सम्भावित खतराको पूर्वसंकेत दियो । खतराको संकेत पाउनासाथ स्थानीय बासिन्दाहरू तुरुन्तै घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ भागेका थिए भने उनीहरू घरबाट निस्केको केही समयमै पहिरोले क्षति पुर्‍याएको खड्काको भनाइ छ । उक्त स्थान जिल्ला सदरमुकाम दुनैबाट करिब ६ देखि ७ घण्टाको पैदल दूरीमा पर्दछ ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »