वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

घोडाघोडी (कैलाली), १३ असार । कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानी खानका लागि पोखरी निर्माण गरिएका छन् । जिल्लाको लम्की चुहा नगरपालिका–१ मा रहेको चेतना सामुदायिक वन, वडा नं ३ मा रहेको मुक्तकमैया सामुदायिक वन, जानकी गाउँपालिका–८ र ९ स्थित अमरावती सामुदायिक वन र मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वन तथा वातावरण मन्त्रालयको ‘एकीकृत भूपरिधि व्यवस्थापन आयोजना’अन्तर्गत पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । कँडेलका अनुसार आयोजनाले पोखरी निर्माणसँगै कैलालीको कर्णाली कोरिडोरमा वन जनावर र जैविक विविधता संरक्षणका विभिन्न काम गरेको छ । कर्णाली करिडोरअन्तर्गत जिल्लाको लम्किचुहा र टीकापुर नगरपालिका, मोहोन्याल र जानकी गाउँपालिका जोडिन्छन् । ती क्षेत्रमा चिसापानी, लम्की र टीकापुर सब–डिभिजन वन कार्यालयमार्फत आयोजना सञ्चालित भएका हुन् ।

उक्त आयोजना लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कम्दी जैविकमार्गका साथै सुदूरपश्चिम प्रदेशको ब्रह्मदेव जैविकमार्ग कञ्चनपुर र कैलालीको कर्णाली जैविकमार्गमा सञ्चालन भइरहेको आयोजनाका फिल्ड व्यवस्थापक प्रकाश थापाले जानकारी दिनुभयो । थापाका अनुसार यो आयोजना ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी (जिइएफ) र वल्र्ड वाइल्डलाइफ फन्ड (डब्लुडब्लुएफ) को सहयोगमा वन तथा वातावरण मन्त्रालयमार्फत तराई भूपरिधि क्षेत्रमा रहेका संरक्षित क्षेत्र तथा संवेदनशील जैविकमार्ग संरक्षणमा सञ्चालित छन् । जङ्गलमा पोखरी निर्माणपछि वन्यजन्तु पानी खान आउन थालेको जालपा सामुदायिक वनका अध्यक्ष मानबहादुर खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार पाटेबाघ, चित्तललगायतका वन्यजन्तु पानी खानका लागि पोखरीमा आउने गरेका छन् । पोखरी निर्माणले वन्यजन्तु आउने गरे पनि छेउमा राखेका सेतो होडिङ बोर्डका कारण भने समस्या हुने गरेको अध्यक्ष खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “होडिङ बोर्ड राख्नुभन्दा पहिले अझ धेरै जन्यजन्तुका पाइला देखिन्थे, तर अहिले कमी भएको छ ।” पानी खानका लागि नहरमा जाने चितल डुब्ने गरेको बताउँदै मुक्तकमैया सामुदायिक वनका अध्यक्ष हितु चौधरीले भन्नुभयो, “कति चितललाई उद्धार गरेका छौँ, अहिले पोखरी बनेपछि जनावरलाई पनि निकै सहज भएको छ, उक्त सामुदायिक वनमा तीनवटा पोखरी निर्माण गरिएका छन् ।” उक्त आयोजनाले कर्णाली करिडोरमा सिमसार र घाँसेमैदान व्यवस्थापन, वन्यजन्तु उद्धार तालिम तथा उपकरण वितरण, नर्सरी निर्माण तथा बिरुवा उत्पादन, वन डढेलो व्यवस्थापन गोष्ठी तथा औजार हस्तान्तरण, वन उद्यम र जीविकोपार्जनसम्बन्धी विभिन्न क्रियाकलाप पनि सञ्चालन गरेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । वन्यजन्तुका लागि पोखरी निर्माण, वन डढेलो व्यवस्थापनसम्बन्धी उपकरण हस्तान्तरण, विभिन्न तालिम गोष्ठी, वन उद्यम तथा जीविकोपार्जनसम्बन्धी क्रियाकलाप सञ्चालन गरेको सबडिभिजन वन कार्यालय चिसापानीका प्रमुख पूर्णकुमार विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पानी खानका लागि वन्यजन्तु गाउँसम्म नै वन्यजन्तु पुग्ने गर्दथे, जसले घटना निम्त्याउँथ्यो अहिले भने पोखरी निर्माण पछि घटना नियन्त्रण भएका छन् ।” आयोजनाको सहयोगमा घाँसेमैदान निर्माणसँगै लम्की सबडिभिजन वन कार्यालय र टीकापुर सबडिभिजन वन कार्यालयमा बिरुवा उत्पादन गरिएका छन् । लम्कीमा एक लाख अम्बा, बकाइनो, गोल्ड मोहर, शीतलचिनी, नीम, अमला, सागवान, महगानी, टाँकी जातका बिरुवा उत्पादन गरिएको सबडिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी, टीकापुरमा ५० हजार बिरुवा उत्पादन गरिएको सबडिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिपकुमार यादवले जानकारी दिनुभयो । आयोजना जिल्लामा पाँच वर्षका लागि लागू भएकामा चार वर्ष पूरा भइसकेको छ ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »