सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेका छौँः मुख्यमन्त्री शाह

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको प्रदेश कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रममा उहाँले भन्नुभयो, “विभिन्न सङ्घसंस्थालाई जोडेर हामी अगाडि बढ्न चाहन्छौँ, यहाँ लगानी मैत्री वातावरण बनाउन चाहन्छौँ, त्यसका लागि प्रक्रिया, छलफल अगाडि बढाएका छौँ ।”

मुख्यमन्त्री शाहले निजी क्षेत्रलगायत सबैलाई सुदूरपश्चिममा धेरै सम्भावना रहेकाले लगानीकर्तालाई सुरक्षाको ‘ग्यारेन्टी’ गराउने बताउनुभयो । उहाँले निजी क्षेत्रको अनुभव पनि सरकारले प्राप्त गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार र निजी क्षेत्र साझेदारीका साथ अगाडि बढौँ भन्ने आग्रह गर्दछु, यस्तै हरेक कुरामा सँगै अगाडि बढेर जाने विश्वास मैले लिएको छु ।” कार्यक्रममा नेपाल उद्योग परिसङ्घका केन्द्रीय अध्यक्ष राजेशकुमार अग्रवालले परिसङ्घले देशको समग्र अर्थतन्त्रको विकासका लागि पहल गर्दै आएको बताउनुभयो ।

उहाँले परिसङ्घले नेपाली उत्पादित वस्तु नेपाली तथा विदेशी बजारमा पु¥याउन सहयोग गर्दै आएको बताउनुभयो । युवा उद्यमी प्रवद्र्धन तथा प्रोत्साहन गर्ने खालका गतिविधि परिसङ्घले गर्दै आएको उहाँको भनाइ छ । आज नै परिसङ्घको रमणचन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय सुदूरपश्चिम प्रदेश समिति गठन भएको जनाइएको छ ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »