सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद

वीरगञ्ज, १४ असार । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको ११ महिनामा ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० रुपैयाँ मूल्य पर्ने भन्सार छली तथा बिलबीजक नभएको सामान बरामद गरेको छ ।

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै गत आर्थिक वर्षको १२ महिनाको तुलनामा चालु आवको असार १० गतेसम्मको अवधिमा भने तीन करोड ९० लाख ४४ हजार छ सय ६ मूल्य पर्ने भन्सारछली तथा बिलबीजक नभएका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमालले गत आव भरिको तुलनामा चालु आर्थिक वर्षको ११ महिना १० दिनको अवधिमा भन्सार छली गरेर भित्राइने वस्तु तथा सामानको बरामद उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए ।

‘‘गत आव भरिमा भन्सार छली गरेर भित्रिएका १४ करोड ९९ लाख पाँच हजार पाँच सय २८ मूल्य बराबरका अवैध समान वीरगन्ज भन्सार कार्यालयलाई बुझाएका थियौं,’’ उनले भने, ‘‘चालु आवमा भने भन्सार छली गरेर भित्रिएका २७ करोड ५६ लाख ५६ हजार चार सय ८७ रकम मूल्य पर्ने अवैध सामान भन्सार वीरगञ्ज कार्यालयमा दाखिला गरेका छौं ।’’ गणपति धिमालले सशस्त्र प्रहरीले भन्सार कार्यालयसँगको सहकार्यमा शंकास्पद गोदामको नियमित अनुगमनको क्रममा भन्सार छलीका सामान बरामद हुने क्रम ह्वातै बढेको बताए । ‘‘हामीले भन्सार छली गरेर ल्याउनेलाई सुक्ष्म निगरानीमा राख्दै आइरहेका हुन्थ्यौं,’’ उनले भने, ‘‘भन्सार कार्यालयसँगको समन्वयमा छापा मार्दा पनि उल्लेखनीय मात्रामा भन्सार छलीका सामान बरामद भएका हुन् ।’’ सशस्त्र प्रहरीले बिलबीजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयाँ बुझाउँदै आइरहेको छ ।

सशस्त्र प्रहरीले चालु आवको जेठ १० गतेसम्मको अवधिमा बिलबीजक नभएका १० करोड ७१ लाख २३ हजार चार सय तीन मूल्य पर्ने सामान राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ । जबकी गत आवभरिमा भने सशस्त्र प्रहरीले बिलबीजक अनुसार नभएका १९ करोड ३८ लाख २९ हजार सात सय ५६ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । गणपति धिमालले सीमा सुरक्षामा खटिने प्रहरीले सक्रियता बढाएसँगै राजस्व सङ्कलनमा पनि तिव्रता पाएको बताए ।

‘‘सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपाट्र्स, खाद्यान्न पदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ,’’ उनले भने, ‘‘पछिल्लो समय सशस्त्र प्रहरीले सीमा नाकामा सीसीक्यामेरा, नाकामा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आएकाले पनि अवैध सामानको बरामद हुने क्रममा तिव्रता पाएको हो ।’’

सशस्त्र प्रहरीले चालु आवमा स्रोत नखुलेको (हुण्डी) एक करोड १५ लाख ९४ हजार पाँच सय २२ रकम पनि बराबद गरेको छ । गत आव भरिमा सशस्त्र प्रहरीले रु ७९ लाख २६ हजार दुई सय ६५ स्रोत नखुलेको रकम बरामद गरेको छ । त्यस्तै चालु आवमा ४२ लाख मूल्य पर्ने एक हजार पाँच सय ९६ क्यूफिट काठ बरामद गरेको छ । गत आवभरिमा भने ४० लाख ९३ हजार तीन सय ५५ मूल्य पर्ने एक हजार पाँच सय ५४ क्यूफिट काठ बरामद गरेको छ ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »