नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनुपर्छ : रोशन कार्की

काठमाडौं, १४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गृहमन्त्रीले मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरुमाथि लुट मच्चाएको आरोप लगाएकी छिन् ।

शनिबार प्रतिनिधि सभाको बैठकमा उनले बीपी कोइरालाको भनाइको प्रसंग जोड्दै नेताको अन्याय सहेर बस्ने चरम अवसरवादीहरु र दास हुने भन्दै सत्ता पक्षलाई कुन वर्गमा परेको भनेर पनि प्रश्न गरिन् । उनले भनिन्, ‘गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरु किन लुटिँदैछन् ? तपाईंसँग यसको जवाफ छ ? अर्को पनि एउटा सुझाव छ, बीपीले भन्नु भएको थियो, जो कार्यकर्ताहरु नेताको अन्याय सहेर बस्छन् । कि त उनीहरु चरम अवसरवादीहरु हुन्, कि त दास हुन् । म सोध्न चाहन्छु तपाईंहरु कुन वर्गमा पर्नुहुन्छ ?’

यस्तै, उनले गृहमन्त्रीले आफू उम्किने समिति बनाएकोमा बधाई भन्दै धेरे समय उम्केर बस्न नसक्ने बताइन् ।

उनले भनिन्, ‘मैले त गृहमन्त्रीलाई अलिकति सोझो मानेको थिए । उहाँ त धेरै बाठो हुनुहुँदोरहेछ । उहाँले यस्तो समिति बनाउनु भयो कि त्यो समितिबाट उहाँलाई फुत्किनलाई धेरै सजिलो भयो । र कमाई बचाउनको लागि पनि धेरै सजिलो भयो । गृहमन्त्रीज्यू धेरै फूर्ती नदेखाउनु । तपाईंले भिजिट भिसाको नाममा जुन पैसा असुली गरिराख्नु भएको छ । नेपाली जनतालाई बेचिराख्नु भएको छ । के यो नैतिकताले दिन्छ । आफू उम्किने समिति बनाउनु भएको छ तपाईंलाई बधाई भन्न चाहन्छु । तर उम्केर बस्न सक्नु हुँदैन्। तपाईंसँग नैतिकता छ भने राजीनामा दिनुपर्छ ।’

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »