भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड

काठमाडौँ, १५ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल जस्ता भूपरिवेष्टित मुलुकहरूको विकासका लागि क्षेत्रीय सहकार्य आवश्यकपर्नेमा जोड दिनुभएको छ । टर्कीको इस्तानबुलमा आयोजित ‘ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम’ लाई सम्बोधन गर्दै उहाँले भूपरिवेष्टित मुलुकहरूले पनि समुद्रसम्मको पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभएको हो । समारोहमा ‘भूपरिवेष्टितबाट भूजडित प्रयासमार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरका’ विषयमा सम्बोधन गर्दै उहाँले भूपरिवेष्टित मुलुकले यातायात पूर्वाधारद्वारा कनेक्टिभिटी कायम गर्न सफल भएमा समुद्री पहुँचसमेत प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।

“नेपालसहित सबै स्थलगत मुलुकहरूले अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्दै पूर्वाधार विकासमा संलग्न हुनु आवश्यक छ”, मन्त्री दाहालले भन्नुभयो । नेपाल जस्ता भूपरिवेष्टित मुलुकलाई ‘कनेक्टिभिटी’ (सडक सञ्जाल तथा पूर्वाधार) को माध्यमबाट समुद्री पहुँचसम्म पु¥याउन क्षेत्रीय सहकार्यको आवश्यकता मन्त्री दाहालले आवश्यकता औँल्याउनुभयो । भूपरिवेष्टितबाट भूजडित बन्न सडक, रेल र बन्दरगाहमा मात्र नभइ सहकार्य, विश्वास र साझा दृष्टिकोणमा पनि लगानी गर्नुपर्नेमा जोड दिनुभएको मन्त्री दाहालको सचिवालयले जनाएको छ । सम्बोधनका क्रममा उहाँले छिमेकी मुलुकहरूसँग जोड्ने रणनीतिक करिडोरलाई प्राथमिकता दिइएको बताउनुभयो ।

नेपाल बाढीपहिरो, भूकम्पलगायत प्राकृतिक विपद्मा संवेदनशीलमुलुक रहेको उल्लेख गर्दै मन्त्री दाहालले हिमाल, पहाड, चुरे भावर, तराई जस्ता विशिष्ट भौगोलिक अवस्था हुँदाहुँदै पनि कमजोर माटो र मिश्रित चट्टानी संरचना भएकाले जोखिम उच्च रहेको बताउनुभएको थियो । हिमाली क्षेत्रका हिउँदे नदी तीव्र गतिमा बग्ने, पहाडी क्षेत्रमा बेगवान हुने र तराईमा आइपुग्दा तीव्रता कायम रहने भएकाले नेपालमा हरेक वर्ष बाढीपहिरोबाट ठूलो क्षति व्यहोर्नु परिरहेको मन्त्री दाहालले बताउनुभयो । यस्ता भौगालिक अवस्था र विशिष्टता नेपालको यातायात पूर्वाधार निर्माण र संरक्षणमा चुनौती रहेका उहाँले प्रष्ट पार्नुभएको सचिवालयले जनाएको छ ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »