एसइई नतिजा सुधारका लागि सबै विकल्प अपनाऔँ : प्रधानमन्त्री

काठमाडौँ, १५ असार । प्रधानमन्त्रीे केपी शर्मा ओलीले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा निकै उत्साहजनक आएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज श्रव्यदृश्य सन्देश जारी गर्दै नतिजा सुधारका लागि सबै विकल्प अपनाएको बताउनुभयो । उहाँले आफूले दृढ विश्वासका साथ संसद्मै यस वर्षको एसइई नतिजा सुधार्ने प्रतिबद्धता व्यक्त गरेको र सोही अनुसार सुधारका लागि सम्पूर्ण विकल्प अपनाएको बताउनुभयो । यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सबैलाई बधाई दिनुभएको छ । उहाँले गत वर्षको निराशाजनक नतिजाले सबैलाई चिन्तित तुल्याएको उल्लेख गर्दै नतिजा सुधार्न हरकुनाका विद्यार्थीसँग सिधै जोडिएर काम गरेको बताउनुभयो । “गत वर्षको निराशाजनक नतिजाले हामी सबैलाई चिन्तित तुल्याएको थियो ।

परिमाण हेर्दा अनुत्तीर्ण हुनेमा प्रायः जसो दुर्गम क्षेत्रका विद्यार्थी रहेका पायौँ । हुन त चुनौती थुप्रै थिए । समय थोरै थियो । गाउँगाउँका विद्यार्थीसँग पुग्नु थियो,” प्रधानमन्त्री ओलीले श्रव्यदृश्य सन्देशमा भन्नुभएको छ, “कसैगरी हरविद्यार्थीसँग उत्कृष्ट शिक्षा सामग्रीसहित हौसला पु¥याउनु थियो तर चुनौती छन् भनेर उम्किने छुट हामीलाई थिएन । त्यसैले दृढ विश्वासका साथ संसद्मै यस वर्षको एसइई नतिजा सुधार्ने प्रतिबद्धता व्यक्त गरेको थिए । र सुधारका लागि सम्पूर्ण विकल्पहरु अपनायौँ ।” एसइईको परीक्षा सुधार गर्ने अभियान गाउँगाउँका विद्यार्थी भौतिक कक्षाका साथै मोबाइल पढ्न थालेका प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भौतिक कक्षा र मोबाइलबाहेक मार्गदर्शनको आवश्यकता रहेका विद्यार्थीलाई करिब २०० भन्दा शिक्षकशिक्षिकामार्फत नियमित ‘अनलाइन’ कक्षासमेत दिइएको जानकारी दिनुभयो । “इन्टरनेट नभएको ठाउँमा नेपाल टेलिकमले निःशुल्क डाटाको व्यवस्था ग¥यो । म आफैँले विद्यार्थीसँग प्रत्यक्ष संवाद गरेर हौसला दिए । जसले गर्दा छोटो समयमा नै एक लाख ५० हजार विद्यार्थी हाम्रो यस अभियानबाट लाभान्वित भए,” प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “तर हाम्रो यी सारा प्रयास हुँदाहँुदै पनि यदि विद्यार्थीको मिहेनत नभएको भए यस वर्षको नतिजामा सुधार हुने थिएन ।” प्रधानमन्त्री ओलीले परीक्षामा सफलता पाउन नसकेका विद्यार्थीलाई यसैलाई जीवनको अन्तिम परीक्षा नठान्नसमेत आग्रह गर्नुभयो । उहाँले श्रव्यदृश्य सन्देशमा सरकारले एसइई परीक्षा सुधार्न गर्न थालेको अभियान मौका परीक्षा दिने विद्यार्थी र आगामी वर्ष एसइई दिने विद्यार्थी सबैका लागि जारी रहेको भन्दै यसबाट लाभ उठाउन आग्रह गर्नुभयो ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »