काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट भागेका थुनुवा नयाँ बसपार्कबाट पक्राउ परेका छन्।
आज अदालतमा थुनछेक बहस चलिरहेका बेला शौचालय गएका २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही फरार भएका थिए ।
उनलाई प्रहरीले साँझ ५ बजेतिर गोंगबु बसपार्कमा रहेको मल क्षेत्रबाट पक्राउ गरेको हो । उनी हतकडीसहित फरार भएकाले हतकडीसहित नै पक्राउ परेका हुन् ।
रूकुम पश्चिम घर भएका शाही चोरी मुद्दामा पक्राउ परेका थिए ।










