लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

काठमाडौँ, १६ असार । सभामुख देवराज घिमिरेले लोकतन्त्रप्रति जनतामा सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । पूर्वसांसद मञ्चले ६७औँ संसद् दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अहिले लोकतन्त्रप्रति जनतामा विकर्षण बढाउन खोजिएकामा यसविरुद्ध पूर्वसांसदहरूको योगदान महत्त्वपूर्ण हुने बताउनुभयो ।

संसदीय लोकतान्त्रिक व्यवस्थामाथि चुनौती ल्याउन खोजिएकाले पूर्वसांसदलगायत सबै लोकतन्त्रवादी सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न ‘थिङ्क ट्याङ्क’को उहाँले आवश्यकता औंल्याउनुभयो । दश वर्षदेखि रोकिएर बसेको सङ्घीय निजामती विधेयक र सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढेको उल्लेख गर्नुहँुदै उहाँले यसलाई चालु अधिवेशनले नै टुङ्गोमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

तीन महिनाअघि देखि नै बजेटका सिद्धान्त र प्राथमिकतामा विषयमा छलफल चलाउने गत वर्षदेखिको अभ्यास प्रभावकारी हुन नसकेको उहाँको भनाइ थियो । संसद्ले प्रत्येक वर्ष आर्थिक विधेयक पारित गर्ने गरेको उल्लेख गर्नुहुँदै सभामुख घिमिरेले यस्तो प्रक्रियाका बारेमा पनि बहस हुनुपर्ने बताउनुभयो । वर्षे अधिवेशनको धेरै समय आर्थिक विधेयकमै केन्द्रित हुने गरेकाले यस किसिमको छलफल आवश्यक हो वा होइन भन्नेमा यस्ता मञ्चमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने भनाइ पनि उहाँको थियो ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »