अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच

गलकोट (बागलुङ), १७ असार । तीन महिना अघिसम्म खानेपानी बोकेर घरमा ल्याउँदै आउनुभएको जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरको रुम्टा गाउँकी चित्रदेवी सापकोटा अहिले घरमै खानेपानीको सुविधा हुँदा दङ्ग हुनुहुन्छ । खानेपानीको अभाव आजको नभएर आफूले जान्दादेखिको बताउँदै घरमुनिको मूलको पानी लिफ्टमार्फत घरमा पुुग्दा सपनाजस्तै भएको छ चित्रदेवीलाई । रुम्टा बस्तीभन्दा तलमात्र खानेपानीको स्रोत भएकाले वर्षौँदेखि खानेपानी बोकेर प्रयोग गर्दै आउनुभएको सापकोटाको घरमा खानेपानीको धारा खसेको तीन महिना भयो । बस्तीमाथि खानेपानीको स्रोत नहुँदा वर्षौँदेखि खानेपानीको पहुँचबाट बाहिर रहेको यहाँको १६ घरमा लिफ्टमार्फत खानेपानी पुर्याइएको छ ।

“चार बजे उठेर गाग्रीको लाइन लाग्नुपर्दथ्यो, बस्तीभन्दा माथि मुहान भएपो घरमा आउँथ्यो, बस्तीभन्दा तल गहिरो जोत्नेमा मूल छ”, उहाँले भन्नुभयो, “अहिले त विद्युत् मोटरले तानेपछि पानीमाथितर्फ आउँदोरहेछ, घरमै खानेपानीको धारा आउँदा हामी दङ्ग परेका छौँ, खानेपानीकै अभावले भारत बस्दै आएका थियाँै, अहिले खानेपानी आएपछि गाउँमा फर्केर आएका छौँ ।” खानेपानीकै कारण उजाडिएको गाउँ पुनः हरीयाली बन्न थालेको छ । सापकोटा दम्पतीजस्तै छिमेकीसमेत खानेपानीको धारा घरमा आएपछि गाउँमा बसाइँ गर्न थालिएको छ । गाउँका घर कटेरा बनाउनसमेत पानी बोकेर ल्याइएको स्मरण गर्दै सापकोटाले लिफ्टमार्फत बस्तीमुनिको पानी बस्तीभन्दा माथि आउला भन्ने आफूले कल्पना नगरेको जानकारी दिनुभयो । सानो बस्ती भएकाले खानेपानीमा निकै पछि परे पनि अहिले बल्ल लिफ्टमार्फत घरघरमा खानेपानी आएको छ ।

रु ३० लाख खर्चेर १०० मिटरभन्दा माथि बस्तीमा खानेपानी पुर्याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर सागर अधिकारीले बताउनुभयो । अधिकारीले अत्यन्तै खानेपानीको समस्या भोगेको गाउँ भएकाले १६ घरमा खानेपानीको धारा पुर्याउन रु ३० लाख खर्चिएको बताउनुभयो । खानेपानी संस्था दर्तापश्चात विद्युत् महसुल भने गण्डकी प्रदेश सरकारले सहुलियतमा प्रदान गर्नेछ । बाइस वर्षदेखि बजारमा व्यवसाय गर्दै आउनुभएको यदुनाथ सापकोटाले गाउँमा खानेपानीको समस्या देखेर आफूले सहर छाडेर खानेपानी आयोजनाको उपभोक्ता समितिको अध्यक्ष बनेर काम गरेको बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष सापकोटाले भन्नुभयो, “खानेपानीका कारण २२ वर्षपछि म गाउँ फर्केँ, अन्य छिमेकीसमेत फर्कने आस छ, नगरपालिकाभित्रको विकसित वडामा खानेपानीले पछि परेको रुम्टा गाउँमा घरघरमै धारा आएको छ, अब त खानेपानी बोक्ने समस्या सदाका लागि अन्त्य भएको छ ।”

स्थानीय डिलबहादुर सापकोटाले अहिलेको जमनामा पनि खानेपानी बोकेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको भन्दै खुसी व्यक्त गर्नुभयो । गहिरी जोत्ने लिफ्ट खानेपानी योजनाअन्र्तगत १६ घरमा खानेपानी पुर्याइएको छभने अमलाचौर स्वास्थ्यचौकी नजिकैको धोलेचौर गाउँमा खोल्सीधारा धोलेचौर लिफ्ट आयोजनाअन्तर्गत ३० घरमा पनि खानेपानी पुर्याउने काम अन्तिम चरणमा पुगेको हो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको संयुक्त लगानीमा निर्माण भइरहेको उक्त योजना अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति भएको इञ्जिनियर अधिकारीले जानकारी दिनुभयो । उक्त लिफ्ट खानेपानी योजनाका लागि दुई कार्यालयको झण्डै रु ३२ लाख खर्च हुनेछ । उक्त खोल्सीधारा धोलेचौर लिफ्ट आयोजनाअन्तर्गत ३० घरमा खानेपानी पुर्याउन मुहानबाट एक सय मिटरभन्दा माथि पानी तान्ने काम असारसम्म पुग्ने र आगमी आर्थिक वर्षको सुरुमै घरघरमा धारा पुर्याउने लक्ष्य खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको छ ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »