शेखर कोइरालाप्रति खनिए विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी नेता डा.शेखर कोइरालाप्रति खनिएका छन् । चौधरीले मंगलबार केन्द्रीय समिति बैठकमा डा. कोइरालाले सोमबार राखेका विचारको प्रतिवाद गरेका हुन् । चौधरीको केन्द्रीय सदस्यको उम्मेदवार हुने योग्यता/मापदण्ड नपुगेको विषयलाई हिजोको बैठकमा कोइरालाले उठाएका थिए । कांग्रेस विधान अनुसार केन्द्रीय सदस्यको उम्मेदवार हुन १० वर्ष क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था छ ।

कांग्रेसको क्रियाशील सदस्य १० वर्ष नपुगी चौधरी केन्द्रीय सदस्यको उम्मेदवार बनेको भन्दै सभापति शेरबहादुर देउवासँग कोइरालाले जवाफ मागेका थिए । कोइरालाको भनाइको प्रतिवाद गर्दै चौधरीले भने,‘सारा विधि कुराहरू पार्टीको नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी परिप्रेक्ष्य पार्टीको कानुन विभागले गरेको विश्लेषण र त्यसपछिको निर्णय र त्यसपछि कोर्टले समेत गरेको निर्णय अनुसार भएको हो ।’

चौधरीले आफूविरुद्ध हृदयश त्रिपाठीलाई सघाउन कोइराला पक्षले भूमिका खेलेको आरोप लगाए । ‘पार्टीको आधिकारिक उम्मेदवारको विरोधमा हृदयश त्रिपाठीका लागि ठाउँ-ठाउँमा, बुथ-बुथमा मान्छे राखिएको थियो । ‘मलाई हराउन हर प्रयास गर्ने लुम्बिनी प्रदेशको महामन्त्रीको पदमा आसिन भएर बस्ने मान्छेलाई बोकेर हिंड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिको दिन ?’ चौधरीले कोइरालालाई प्रश्न गरे । लुम्बिनीको कांग्रेस महामन्त्री विक्रम खनाल नेता कोइराला निकट छन् । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले ल्याएको नयाँ आर्थिक सोचबाट उत्साहित भएपनि अर्कोतर्फबाट आएका अभिव्यक्तिले समस्या निम्तने अवस्था रहेको बताए ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »