सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन्:गृहमन्त्री

काठमाडौँ, १७ असार । गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायले न्यून स्रोत साधनका भरमा काम गरिररहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत गृह मन्त्रालयको विनियोजन शीर्षकमाथि राष्ट्रियसभाका सदस्यहरुले गर्नुभएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले सुरक्षा निकायहरुको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा जवाफ दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले न्यून स्रोत र साधनमा काम गरिरहेको उल्लेख गर्नुभयो । “हामीले आर्थिक वर्ष २०८२÷८३ का लागि उपलब्ध बजेटको सीमाभित्र रहेर केही पूर्वाधार विकासका लागि प्रस्ताव गरेका छौँ, साथै यी निकायहरुको पूर्वाधार विकासमा तीनवटै तहको लागत साझेदारीमा पूर्वाधार निर्माण गर्नेगरी रु ४० करोड विनियोजन गरिएको छ”, उहाँले भन्नुभयो ।

देशभरबाट अस्थायी प्रहरी चौकी राख्ने, अस्थायीलाई स्थायी गर्ने, स्थायीलाई स्तरोन्नति गर्ने, इलाका प्रशासनहरु राख्नुपर्नेलगायत माग आएको उल्लेख गर्दै गृहमन्त्री लेखकले यी कार्यहरु मन्त्रालयको प्राथमिकताका विषय भएको बताउनुभयो । तर यी कामहरुबाट राज्यलाई थप व्ययभार पर्ने हुँदा त्यो हुन नसकिरहेको उहाँको भनाइ थियो । मागहरु क्रमशः सम्बोधन गर्दै जाने मन्त्रालयको नीति रहेको उहाँले बताउनुभयो । सुरक्षा निकायको सरुवा, बढुवा तथा व्यावसायिक बनाउने विषय दुवै सुरक्षा निकायका विधेयकहरु प्रतिनिधिसभाको सुशासन समितिमा छलफलका क्रममा गृहमन्त्री लेखकले जानकारी दिनुभयो । पश्चिम नेपालका डोटी, बझाङ र जाजरकोट केन्द्र विन्दु भई गएका भूकम्पबाट भएको जनधनको क्षतिको राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

“यस विषयमा सरकार संवेदनशील छ, भूकम्पबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलनको कार्य अगाडि बढेको छ । हालसम्म पश्चिम नेपाल भूकम्पबाट प्रभावित जिल्लाका ७७ हजार ५२८ घरधुरीको विस्तृत क्षति आकलन सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो । भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि हालसम्म जाजरकोटमा रु एक अर्ब ६१ करोड २२ लाख, सल्यानमा रु सात करोड, बाजुरामा रु १० करोड ५० लाख, बझाङमा रु २३ करोड ५० लाख र अन्य विपद् प्रभावित जिल्लामा समेत गरी जम्मा रु तीन अर्ब ९५ करोड ६५ लाख उपलब्ध गराइएको उहाँले सदनलाई जानकारी दिनुभयो । गृहमन्त्री लेखकले प्रत्येक स्थानीय तहमा विपद् सामग्री भण्डारण गर्ने गरी गोदाम घरको अवधारणालाई अगाडि बढाएको बताउनुभयो ।

यसका लागि आवश्यक विपद् सामग्री व्यवस्थापन गर्न प्रदेश सरकार र स्थानीय तहबाट पनि सहयोग हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । “प्रदेशस्तरमा स्थापित गोदामघरहरू प्रदेश सरकारमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ”, गृहमन्त्री लेखकले भन्नुभयो । कारागारमा कैदीबन्दीहरुलाई सुरक्षित राख्न आवश्यक सेवासुविधा वृद्धि गरी न्यूनतम मानव अधिकारको संरक्षण गर्न सरकार संवेदनशील रहेको उहाँको भनाइ थियो । कारागारलाई सुधारगृहमा रुपान्तरण गर्न सीपमूलक तालिम, उद्यमका लागि सहयोगी वातावरण र मनोसामाजिक परामर्श उपलब्ध गराइने तथा खुला कारागारको अवधारणाअनुसार कैदीबन्दीलाई लघु, घरेलु तथा साना उद्यममा रोजगारीसँग आबद्ध गरिनेगरी बजेट विनियोजन गरिएको गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »