प्रादेशिक तथा क्षेत्रीय सन्तुलन मिलाएर बजेट तर्जुमा गरिएको छ : मन्त्री सुडी

काठमाडौँ, १७ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको खानेपानी तथा सरसफाइजस्ता सेवा सबै नागरिकमा समन्यायिक तरिकाले पुर्‍याउन प्रादेशिक तथा क्षेत्रीय सन्तुलन मिलाएर बजेट तर्जुमा गरिएको बताउनुभएको छ । आज खानेपानी मन्त्रालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम तथा विनियोजित बजेटका सम्बन्धमा राष्ट्रियसभाामा सांसदहरूले राख्नु भएका चासो, जिज्ञासा र दिनुभएको सुझावको सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । परिवर्तित जीवन शैलीका कारणले बढ्दो खानेपानीको मागको चुनौतीलाई व्यवस्थापन गर्दै सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पुर्‍याउनु अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले सबैका सल्लाह सुझावलाई समेटेर आगामी दिनहरूमा मन्त्रालयले नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री सुडीले मुलुकको कूल जनसङ्ख्याको करिब ६६ प्रतिशत सहरी जनसङ्ख्या र बाँकी सहरोन्मुख क्षेत्र रहेको हुँदा परिवर्तित जीवन शैलीका कारणले बढ्दो खानेपानीको मागको चुनौतीलाई व्यवस्थापन गर्दै सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पुर्‍याउनु अपरिहार्य रहेको बताउनुभयो । यसैगरी उहाँले आगामी आवको लागि खानेपनी मन्त्रालयतर्फ जम्मा रु ३३ अर्ब ८९ करोड बजेट विनियोजन भएको तथा जसमा नेपाल सरकारको स्रोततर्फ रु २४ अर्ब ६४ करोड, वैदेशिक ऋणतर्फ रु सात अर्ब ७५ करोड र वैदेशिक अनुदानतर्फ रु एक अर्ब ५० करोड रहेको जानकारी दिनुभयो । कूल बजेटमध्ये विनियोजनतर्फ जम्मा रु २० अर्ब ७२ करोड, वित्तीय व्यवस्थातर्फ रु आठ अर्ब ९४ करोड र प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुने सङ्घीय सशर्तका कार्यक्रम÷आयोजनाको लागि रु चार अर्ब २२ करोड बजेट रहेको उहाँको भनाइ छ । मन्त्री सुडीले तीनै तहको सरकारका वार्षिक कार्यक्रममा खानेपानीसँग मात्र सम्बन्धित भई सरसफाइको क्षेत्र भने प्राथमिकतामा पर्न नसकिरहेको तथा सङ्घीय सरकारबाट केही ढल प्रशोधनका आयोजनाहरू सञ्चालनमा रहे तापनि पर्याप्त नरहेको बताउनुभयो ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »