सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

काठमाडौँ, १८ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग युएई सरकारको उमोलेट सेक्युरिटी प्रिन्टिङ प्रेसका प्रतिनिधिले भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटघाटमा सञ्चारमन्त्री गुरुङले नेपालको सुरक्षण मुन्द्रण केन्द्रको अवस्था र भावी योजनाबारे बताउनुभयो । उहाँले तीन वर्षदेखि कार्यालय प्रमुखविहीन रहँदै आएको सुरक्षण मुद्रण केन्द्रलाई आफू मन्त्री भएपछि कार्यकारी निर्देशक नियुक्ति गरेर छापा प्रक्रिया सञ्चालन गर्न लागिएको बताउनुभयो ।

झण्डै रु छ अर्बको बजेट योजना गराएर केन्द्रबाट पासपोर्ट, नागरिकतादेखि बैंक नोटसमेत छाप्ने योजना रहेको मन्त्री गुरुङले बताउनुभयो । हाल भने स्मार्ट ड्राइभिङ लाइसेन्स छाप्ने प्रक्रियामा रहेको पनि उहाँले सुनाउनुभयो । युएई प्रिन्टिङ प्रेसका जेनेरल म्यानेजरको समूहले भने नेपाल सरकारसँग सहकार्य गरेर छापा मेसिनमा सहयोग गर्नसक्ने धारणा राखेका थिए । यस विषयमा मन्त्री गुरुङ सकारात्मक भएको र समय आएपछि सहकार्य गर्ने वाचासमेत दिनुभयो ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »