‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’ : सुरक्षामन्त्री भण्डारी

पाटन (ललितपुर), १९ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा श्रम गर्ने नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्ने बताउनुभएको छ । पौरखी नेपालद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशी भूमिमा पुगेर काम गरिरहेका भए पनि ती नेपाली नागरिकको स्वामित्व राज्यले लिनुपर्ने बताउनुभयो । “नेपाली नागरिक विभिन्न माध्यमबाट कामका लागि विदेशी भूमिमा पुगेका छन्, कतिपय ठगिएर पुगेका छन, कतिपय अनौपचारिक माध्यमबाट गएर लुकेर लामो समयदेखि कागजातविहीन भएर बसेका छन, तिनीहरु सबैलाई कि त राज्यले नेपाली नै होइन भन्नुप¥यो, होइन भने स्वामित्व लिनुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री भण्डारीले नेपालको श्रम तथा रोजगारी क्षेत्रमा देखिएका समाधानका लागि सवै पक्ष इमान्दार भएर लाग्नुको विकल्प नहरेको जिकिर गर्दै यसलाई व्यवस्थापन गर्न ढिलासुस्ती गर्न नहुनेमा जोड दिनुभयो । “गाउँ रित्तो भयो, खाली भयो, गाउँमा बस्ने अवस्था भएन, भनेरमात्रै हुँदैन, जनशक्ति पलायनको क्रम रोखिएन, यी विषयमा गम्भीरतापूर्वक समीक्षा हुनुपर्छ, गाउँबाट मान्छेमात्रै पलायन भएका छैनन्, गाउँमा भएका सानोतिनो पुँजी पनि पलायन हुँदा झन रोजगारीको अभाव सृजना भएको हो”, उहाँले भन्नुभयो । मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिनुभन्दा श्रम अनुमति दिनुपर्ने बताउनुभयो ।

“श्रम स्वीकृति त गन्तव्य देशले जारी गर्ने हो, हामीले त काम गर्न जाने श्रमिकलाई श्रम अनुमति उपलब्ध गराउनुपर्छ । काम गर्न जाने कामदार तयार छन, कामका लागि लैजाने मुलुक तयार छन । अनि हामीले रोकेर रोकिन्छ ?”, उहाँले भन्नुभयो । उहाँले अहिले वैदेशिक रोजगारका नाममा एक नेपालीले अर्काे नेपालीलाई ठग्ने गरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै ठग, विचौलिया र एजेन्टलाई तह लगाउन एकद्वार प्रणालीमार्फत सेवा प्रदान गर्न मन्त्रालयले मेहनत गरिरहेको जानकारी गराउनुभयो ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »