“१००० EV स्कुटरसहित स्वरोजगार क्रान्ति: नेपाली युवालाई रोजगारी, देशलाई हरित भविष्य”

काठमाडौं । नेपालमा बढ्दो बेरोजगारी समस्या र प्रविधियुक्त यातायात प्रणालीको आवश्यकता मध्यनजर गर्दै ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा १००० जनालाई लक्षित गर्दै ऐतिहासिक स्वरोजगार योजना सार्वजनिक हुने भएको छ।

यस योजनाअन्तर्गत १००० वटा इलेक्ट्रिक स्कुटर (EV) न्यूनतम भाडामा दैनिक तेल खर्चसरहको दरमा प्रदान गरिनेछ। आफ्नै गाडी नभएका वा कमसल सेकेन्डहेन्ड सवारी चलाइरहेका व्यक्तिहरूलाई लक्षित गर्दै, मासिक न्यूनतम रु. ७२,००० आम्दानी हुने गरि राइड सेयरिङ प्लेटफर्ममार्फत काम गर्ने अवसर प्रदान गरिनेछ। यसरी उपलब्ध स्कुटरले नेपालमै उत्पादित विद्युतको प्रयोग गर्दै विदेशी इन्धनमा हुने खर्च कटौती गर्ने र स्वदेशी स्रोतको उपयोग बढाउने लक्ष्य लिएको छ।

‘तपाईको बजार’का संचालक सुशील सङ्रौलाका अनुसार, यश योजनामा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि तीन फरक किसिमका अवसरहरू खुला गरिएको छ
१) कर्मचारीको रूपमा नियुक्त भएर,
२) राइडरको रूपमा दैनिक भाडामा स्कुटर लिएर मनग्य आम्दानी गर्न सकिने,
३) लगानीकर्ताका रूपमा आफ्नै EV स्कुटर परियोजनामा राखी नियमित भाडा आम्दानी लिन सकिने।

कार्यक्रमको प्राविधिक र प्लेटफर्म सहकार्य अन्तर्राष्ट्रिय राइड सेयरिङ कम्पनी Yango सँग गरिएको छ। ‘इ-ड्राइभ नेपाल ´ कम्पनीका अध्यक्ष राजेश मास्के र प्रमुख कार्यकारी अधिकृत सबिन भट्टराईका अनुसार, यस योजना पूर्ण रूपमा नेपाली लगानीमा आधारित छ र यसले नेपाली युवालाई स्वदेशमै स्वरोजगार सिर्जना गर्ने अवसर प्रदान गर्नेछ।
संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरिरहेका तीन संस्थामध्ये ‘तपाईको बजार’ नेपालमा पहिलो पटक डिजिटल माध्यमबाट बाइक, स्कुटर, गाडी, घर-जग्गा लगायतका सम्पत्तिहरूमा कारोबार गर्दै आएको मल्टिब्राण्ड शो–रुम हो। ‘इ-ड्राइभ नेपाल’ पूर्णरूपमा नेपालीले बनाएको, नेपाली लगानीमै आधारित राइड सेयरिङ कम्पनी हो भने ‘परिमिता ग्रुप’ विदेशबाट आधुनिक दुईपांग्रे सवारी साधन आयात गर्दै आएको अनुभवी संस्था हो।

परिमिता ग्रुपका डाइरेक्टर मनन तुलाधारले कार्यक्रमको उद्घाटन असार २१ गते, शनिबार बिहान ८ बजे ललितपुरको भैसेपाटीस्थित कोलोनीको सेन्टरमा गरिने जानकारी दिनुभयो। राज्यको प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति रहने उद्घाटन कार्यक्रमले स्वरोजगार, स्वदेशी प्रविधिको प्रयोग र हरित यातायात प्रवर्द्धनमा नयाँ इतिहास बनाउने अपेक्षा गरिएको छ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »