धान रोप्न नपाएपछि किसान चिन्तित

महोत्तरी, २२ असार । समयमा वर्षा नभएपछि मुख्यबाली धान लगाउन नपाएको भन्दै यहाँका किसानले चिन्ता व्यक्त गरेका छन् । असार तेस्रो साता लागिसक्दा पनि पानी नपरेपछि आकाशे पानीको भरमा खेती गर्ने किसान चिन्तित बनेका हुन् । “आव बुझाइय, धान रोप नई पायब, अखाड सेहो २२ भगेल, आव भरोसा टुइटगेल” (अब धान रोप्न पाइन्न क्या र ! असार पनि २२ भइसक्यो, अब आश टुट्यो) आकाशतिर फर्कँदै भङ्गाहा–४ थारुटोलकी रामसुनरदेवी चौधरीले भन्नुभयो, “इ कोन समय आयल, किछ नई बुझाइय”(यो कस्तो समय आयो, केही बुझ्न सकिएन ।) धान लगाउन नपाएपछि यहाँका अधिकांशको एउटै चिन्ता छ, ‘अबको गुजारा कसरी चलाउने होला ?’ मुलुकका कतिपय भेगमा मध्य असारअघि रोपाइँ सकिएको खबर सुन्दा यहाँका किसान भने यो वर्ष रोपाइँ गर्न पाइन्छ वा पाइँदैन भन्नेमा चिन्तित छन् ।

“सुनैछी कतेको जग रोपनी भगेल, मुदा अपन त एको गब नई लागल” (सुन्छौँ, कैयन ठाउँमा रोपाइँ भइसक्यो, तर आपूmले त एक गब पनि रोप्न पाइएको छैन) भङ्गाहा–४ टोकाहाका राजकुमार दासले भन्नुभयो, “बारिसको कोनो लक्षणकरम नई दिखाइय” (पानी पर्ने त कुनै लक्षण नै देखिँदैन ।) लामो खडेरीले ब्याडको बीउ पनि पहेँलिएर सुक्दै गएपछि आपूmहरूलाई अब पर्ने पानीले पनि राहत दिने अवस्था नरहेको किसान बताउँछन् । “अब पानी परिहाले पनि बीउ अपूग हुन्छ, पहेँलिएको बीउ बौरिन समय लाग्छ”, बर्दिबास–९ पशुपतिनगरका रामचन्द्र थापा मगरले भन्नुभयो, “यो खेतीपाती भनेकै दुख्याहा कर्म रहेछ ।” धान रोप्न नपाएपछि किसानलाई असारमास चलिरहेको भन्न पनि मन छैन । “असार मासलाई घरमा मरेको मान्छेको शव छोपछाप गरेर रोपाइँमा निस्कने बेला भन्ने स्थापित भनाइ छ, तर हामी त आकाश ताकेर बसेका छाँैं”, बर्दिबास–६ कृष्णपुरका बलराम कार्कीले भन्नुभयो, “खेतमा पानी भए न असार लाग्ने हो, न पानी छ, न असारको काम ।”

असार पनि घर्किँनै लाग्दासम्म रोपाइँको कुनै छाँट नदेखिएपछि के गर्ने भन्ने सोच्न नसकिएको उहाँले बताउनुभयो । पानी नपरेर समयमा खेती लगाउन नपाएको चिन्ताले अहिले यहाँका किसान दोधारमा छन् । असार २२ सम्म पानी नपर्दा यहाँका किसानले धानको गबो सम्म लगाउन पाएका छैनन् । “पानी पर्न सकेन, धानको गबो लाउन नि पाइएको छैन”, बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतोले भन्नुभयो, “यसपाली परिवारको जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता छ ।” महोत्तरीसहित मधेशमा सामान्यतया जेठ २२ (जेठ तेस्रो साता) भित्र ब्याड राखीसक्ने, असार तेस्रो साताभित्र शाही रोप (बीउ रोप) सक्ने र साउन तेस्रो साताभित्र खरुअन (कलम, पहिलेको बीउ रोपो गाँजिएपछि त्यो उखेलेर रोपिने) धानबाली लगाउने तालिका रहँदै आएको छ । यसपालि अधिकांशले लाग्दो असारको छिटफुटे वर्षामा बीउ राखेका हुन् । महोत्तरीमा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टरमा धानखेती लगाउने गरिएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरले जनाएको छ ।

“यसपाली पानी नपरेकाले सिँचाइ अभावले समयमा धानको ब्याड राख्न नसकेपछि अहिलेसम्म रोपाइँ भएको छैन”, कार्यालय प्रमुख एवं वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले भन्नुभयो, “यसपालि धान रोपाइँ पछि पर्ने छाँट छ ।” मुस्किलले जिल्लामा पूग÷नपूग तीन–चार प्रतिशत मात्र रोपाइँ भएको उहाँले जानकारी दिनुभयो । “जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशत मात्र कुलोको पानी लाग्नेगरी सिँञ्चित छ । यसपालि लामो खडेरीले कुलो चल्ने पानीका स्रोतका मूहान सुकेका छन् । राम्ररी पानी नपरेसम्म मूहान नरसाउने हुँदा यस्ता जग्गामा पनि रोपाइँ हुन सकेको छैन”, यादवले भन्नुभयो । तीनै तहका सरकारका नीति तथा कार्यक्रम र बजेटमा कृषिको चर्चा भए पनि उपलब्धिमूलक रूपमा कार्यान्वयन नभएको किसानको गुनासो छ । वास्तविक किसानले पाउने सहुलियत वास्तविक किसानसम्म नपुगेपछि निराशा बढेको भङ्गाहा–६ का राजकिशोर यादवले बताउनुभयो । सही समयमा पानी नपर्नुका प्राकृतिक कारण भए पनि अधिकांश मानव सिर्जित रहेका वातावरण तथा चुरे विज्ञ डा विजयकुमार सिंहले बताउनुभयो । “धेरै असर विश्वव्यापी जलवायु परिवर्तनको हो । अनि स्थानीय कारणमा चुरे पहाड र नदीक्षेत्रमा अनियन्त्रित उत्खनन बढ्नु, वन मासिँदै जानुले सन्तुलित वर्षा हुन छाडेको छ”, उहाँले भन्नुभयो ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »