उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति

लुम्बिनी, २२ असार : लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन अत्याधुनिक भवनको आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निरीक्षण गर्नुभएको छ । उपप्रधान तथा अर्थमन्त्री पौडेलले भवन निर्माणस्थलको अवलोकनसँगै हालसम्म भएका प्रगतिविवरणबारे जानकारी लिनुभयो । पूर्वाधार विकास प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर छविराज पोखरेलले निर्माणाधीन अस्पताल भवन निर्माणकाबारेमा जानकारी दिँदै निर्धारित समयभन्दा एक वर्षअघि नै योजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार देशकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको बुटवलस्थित प्रादेशिक सरकारी अस्पतालको भवन निर्माण कार्य २६ प्रतिशतभन्दा बढी प्रगति भएको छ । सो अवसरमा अर्थमन्त्री पौडेलले प्रतिबद्धताअनुसार गुणस्तरमा सम्झौता नगरिकन समयमै भवन निर्माण गर्न निर्देशन दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत पोखरेलले भवनको बेसमेन्ट तयारी र क्यान्सर भवनको ढलान कार्य सम्पन्न भइसकेको, अस्पतालको मुख्य भवनको दायाँबायाँ र बीच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । यसैगरी, प्राधिकरणका साइट इञ्चार्ज शङ्कर सुवेदीले दोस्रो बेसमेन्ट र बायाँतर्फको पहिलो बेसमेन्टको ढलान सकिएको तथा क्यान्सर उपचार भवनको ¥याफ्ट फाउन्डेसनको ढलानसमेत पूरा भइसकेको बताउनुभयो । अस्पतालको स्थलगत निरीक्षणमा उपप्रधानमन्त्री पौडेलका साथ लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, नेकपा एमाले पोलिटब्युरो सदस्य दधीराम न्यौपाने, एमाले लुम्बिनी प्रदेश सदस्य गोपाल रानालगायत सहभागी हुनुहुन्थ्यो । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको सो अस्पताल भवन निर्माणका लागि दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित लागि रु आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ को लागत ‘इष्टिमेट’ रहेको छ ।

भवन निर्माणको जिम्मावारी भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनी आशिष कन्स्ट्रक्सन र रेलिगेर सम्मिलित संयुक्त संस्थाले पाएको छ । अस्पताल भवन निर्माण प्रक्रियाअन्तर्गत २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य सुरु भएको हो । प्राधिकरणका साइट इञ्जिनियर सुवेदीले पाँच वर्षको म्याद अर्थात् २०८५ पुस २५ गतेभित्र रु छ अर्ब १८ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो । उक्त प्रादेशिक अस्पताल भवन १२ तलाको हुनेछ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा अन्तरङ्ग सेवा (ओपिडी), आपत्कालीन सेवा (इमर्जेन्सी) र माथिल्ला तलामा एक हजार २०० शय्यासहितको सुविधासम्पन्न उपचार कक्ष रहने प्राविधिक नापनक्साबमोजिम भवन निर्माणको काम तीव्रगतिमा भइरहेको इञ्जिनियर पोखरेलले सो अवसरमा जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »