वीरगञ्जमा खानेपानीको हाहाकार

वीरगञ्ज (पर्सा), २४ असार । वीरगञ्जमा खानेपानीको हाहाकार भएको छ । घरघरमा जडान गरिएका चापाकल सुकेसँगै वीरगञ्ज महानगरवासी पानीको समस्यामा परेका हुन् । चापाकल सुकेपछि नेपाल खानेपानी संस्थान शाखा कार्यालयमा नयाँ धारा जडान गर्न अनुरोध गर्न आउनेको सङ्ख्या वृद्धि भएको छ । वडा कार्यालय र महानगरमा समेत खानेपानीको समस्या लिएर पुग्ने सर्वसाधारणको सङ्ख्या दैनिक एक सय भन्दा बढी छन् । नेपाल खानेपानी संस्थान शाखा कार्यालयका प्रमुख प्रवीणकुमार साहले जिल्लाभरिनै खानेपानीको अभाव देखिएको जानकारी दिनुभयो । “यहाँका सर्वसाधारण चापाकल सुकेसँगै खानेपानीको लाइन जडान गर्न आउनेको सङ्ख्या बढेको छ,” उहाँले भन्नुभयो । वीरगञ्ज महानगर–१३ श्रीपुरका अब्दुल अहमदले खानेपानी अभावका कारण दैनिकी अस्तव्यस्त भएको गुनासो गर्नुभयो । “महानगर क्षेत्रमा खानेपानीको चर्काे अभाव झेल्दै आइरहेका छौँ,” उहाँले भन्नुभयो, “विगत तीन वर्षदेखि यहाँ खानेपानीको हाहाकार भइरहेको छ ।”

उहाँले खानेपानीमन्त्री यही जिल्लाबाट प्रतिनिधित्व गर्ने भए पनि समस्या समाधान गर्न नसकेको दुखेसो पोख्नुभयो । वीरगञ्ज महानगर–२६ का वडाध्यक्ष शम्भु मिश्र पनि वडामा रहेका ९० प्रतिशत बढी चापाकल सुकेको बताउनुहुन्छ । “पानीको अभाव भन्दै सर्वसाधारणले गुनासो धेरै आइसक्यो,” उहाँले भन्नुभयो, “वडा कार्यालयकै पहलमा यही वर्ष दुईवटा बोरिङ खनेर पानी वितरण गरेका छौँ । तर, पर्याप्त छैन ।” वडाध्यक्ष मिश्रले वडासँग सीमित स्रोतसाधन भएकाले जनताको आवश्यकताअनुसार ‘बोरिङ’ खन्न नसकिरहेको गुनासो गर्नुभयो । वीरगञ्ज महानगरका वन, वातावरण विपद् व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर राकेश साहले जमिनमुनिको भूमिगत पानीको सतह घटेसँगै अधिकांश चापाकाल सुक्खायाममा सुक्ने गरेको बताउनुभयो । वीरगञ्ज महानगरका अनुसार अहिले यहाँको वडा नं १, २, ११, १३, १६, २५, २६ लगायतका स्थानमा पानीको अभाव छ । शाखा प्रमुख साहले चालु आर्थिक वर्षमा वीरगञ्ज महानगरले प्रदेश सरकारसँग समन्वय गरेर ७५ स्थानभन्दा धेरै ठाउँमा ‘डिप बोरिङ’ मार्फत पानी उपलब्ध गराउँदै आएको छ ।

“रु पाँचदेखि छ लाख लागतमा करिब ७५ वटाभन्दा धेरै बोरिङ खनेर सर्वसाधारणलाई पानी वितरण गर्दै आइरहेका छौँ,” उहाँले भन्नुभयो, “वीरगञ्जमा पानीको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारले एसियाली विकास बैङ्कसँगको साझेदारीमा खानेपानी आयोजना अघि बढाउने प्रयास गरिरहेको छ ।” खानेपानी संस्थानले दैनिक करिब एक करोड लिटर खानेपानी वितरण गर्ने गरेको जनाएको छ । तर, संस्थानको ४० प्रतिशत पानी चुहावट हुने गरेको बताइन्छ । शाखाका कार्यालय प्रमुख साहले पाइपलाइनको संरचनाको कारणले पनि अपेक्षाकृत ढङ्गले खानेपानी विस्तार गर्न नसकेको स्वीकार्नुभयो । चालु आवमा मात्रै यहाँका करिब ६०० सर्वसाधारणले नयाँ धारा जडानको माग गरेका छन् । ३५० भन्दा धेरै खानेपानीको लाइन जडानको पर्खाइमा छन् । खानेपानी संस्थानका महानगरभित्र १२ हजार ग्राहक छन् । वडा कार्यालयको सिफारिसमा संस्थानले रु छ हजार ३७० लिएर नयाँ धारा जडान गर्दै आएको छ ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »