रसुवा–विपद्का कारण बाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी प्रभावित

काभ्रेपलाञ्चोक, २४ असार । रसुवामा भएको विपद्जन्य घटनाका कारण आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको बाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी छोट्याइएको छ । बिहान ९ बजे सुरु गरिएको उक्त गोठी अपराह्न ५ बजेसम्मका लागि तय भएको थियो तर रसुवा विपद्का कारण बिहान ११ः३० बजे नै समापन भएको छ । बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा एक वर्षको सुरक्षा स्थिति तथा आगामी सुरक्षा रणनीति तयार गर्ने उद्देश्यले आयोजित उक्त गोष्ठीमा मन्त्रालयका मन्त्री सुरजचन्द्र लामिछानेलगायत सङ्घीय गृह मन्त्रालयका सचिवलगायत सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

मन्त्री लामिछानेका अनुसार गृहमन्त्री रमेश लेखकको उपस्थितिमा समग्र सुरक्षास्थितिको समीक्षासहित सुरक्षा निकायलाई निर्देशन दिने आजको कार्यक्रम रसुवा बाढीपहिराका कारण प्रभावित भएको छ । सो कार्यक्रममा गृहमन्त्री लेखक सहभागी हुनसक्नुभएन भने निर्धारित समयभन्दा अघि नै कार्यक्रम समापन गरी सम्बद्ध अधिकारीहरू कार्यक्षेत्रतर्फ प्रस्थान गरिसक्नुभएको आयोजक पक्षले जनाएको छ । उहाँले भन्नुभयो, “रसुवामा आज बिहानको घटनाका कारण गृहमन्त्रीज्यू आउन सक्नुभएन, उक्त घटनाका कारण हामीले पनि निर्धारित समयभन्दा करिब छ घण्टा कार्यक्रम छोट्याउनुप¥यो ।” बिहान ८ बजे सुरु हुने भनिएका कार्यक्रम ९ बजे सुरु भई ११ः३० बजे नै सकिएको छ ।

बिहान सम्पन्न सो कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा तथा नेपाली सेनाका बलाधिकृत रथी निर्मलकुमार थापाले विभागीय निर्देशन दिनुभएको थियो । यसैगरी, गृहसचिव गोकर्णमणि दुवाडीले तीनै तहका सरकारबीच समन्वय र सहकार्यका बारेमा प्रस्तुत गर्नुभएको सो कार्यक्रममा राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणका प्रमुख दिनेश भट्टले प्रदेशमा विपद्को अवस्था र सरकारले गरेको कामबारे जानकारी गराउनुभएको थियो । यसैगरी, बाग्मती प्रदेश सरकारका मुख्य सचिव भूपाल बरालले भएका समस्या, चुनौती र समन्वय तथा प्रदेशस्तरमा प्रहरी समायोजनका विषयबारे जानकारी गराउनुभएको थियो । गोष्ठीमा प्रदेशस्थित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »