परराष्ट्रमन्त्री डा राणा र जर्मनीका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ, २४ असार । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा जोहान डेविड वेडफुलबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा राणाले जर्मनी नेपालको ठूलो र पुरानो विकास एवं व्यापार साझेदारमध्येको एक प्रमुख देश जर्मनीबाट आर्थिक, सामाजिकलगायतका क्षेत्रमा निरन्तर सहयोग प्राप्त भएको स्मरण गर्दै जर्मनी सरकार एवं जर्मन नागरिकप्रति धन्यवादज्ञापन गर्नुभयो । मन्त्री डा राणाले नेपाल र जर्मनीबीचको द्विपक्षीय व्यापार–व्यवसायलाई थप प्रवद्र्धन गर्न सामूहिक प्रयास हुनुपर्ने र दुवै देशका निजी क्षेत्रबीचको सञ्जाललाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै नेपालमा रासायनिक मल उत्पादन कारखानालगायतका क्षेत्रमा जर्मनीको लगानीका लागि आग्रह गर्नुभएको थियो ।

त्यस अवसरमा मन्त्री डा राणाले सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछिको सम्भावित चुनौती र अवसरलाई सहज एवं दिगो बनाउन आवश्यक रणनीति बनाइरहेको जानकारी दिँदै त्यसपछिका दिनमा पनि नेपालले जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरुबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो । त्यसैगरी, मन्त्री डा राणाले सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्य र सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा नेपालले उम्मेदवारी दिएको जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्नुहुँदा विदेशमन्त्री डेविडले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । जर्मनी नेपालका लागि युरोपको दोस्रो ठूलो पर्यटक स्रोत रहेको तथा दुई देशबीच पर्यटनको ठूलो सम्भावना रहेको भए पनि प्रत्यक्ष हवाई सम्पर्कको अभावमा यसबाट पूर्ण मात्रामा लाभ लिन नसकिरहेकाले दुई देशबीच सिधा उडानका लागि पनि मन्त्री डा राणाले सो अवसरमा आग्रह गर्नुभयो ।

नेपाली ‘एयरलाइन्स’हरू युरोपियन युनियनको हवाई सुरक्षा सूचीमा सूचीबद्ध भएपछिको उडान प्रतिबन्धका कारण नेपाल र युरोपबीच सिधा उडानहरू हुन नसक्दा दुई देशबीचको पर्यटन प्रवद्र्धनमा गम्भीर असर परिरहेको उहाँले स्पष्ट गर्नुभयो । नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गर्न संसद्मा दुई विधेयक पेस गरेको र प्रस्तावित कानुन विश्वकै उत्कृष्ट अभ्यास मात्र नभएर इयु र आइकाओको सिफारिसबमोजिम रहेकाले नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने भूमिकाका लागि इयुको एक प्रभावशाली सदस्य राष्ट्रसमेत रहेको जर्मनीसँग अनुरोध गर्नुहुँदा जर्मनीका विदेशमन्त्री डेविडले सो सम्बन्धमा पनि आफूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको थियो । सो भेटका क्रममा परराष्ट्रमन्त्री डा राणाले नेपालमा जलवायु परिवर्तनको अकल्पनीय असर परिरहेको र यसबाट देशले अनेक दुष्परिणाम व्यहोरिरहेको प्रसङ्ग उल्लेख गर्दै नेपालले अघि सारिरहेको जलवायु न्यायको अभियानमा जर्मनीसँग पनि सहयोगको अपेक्षा गर्नुभयो ।

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »