गाजामा विष्फोट : पाँच इजरायली सैनिकको मृत्यु, १४ घाइते

जेरुसलेम, २५ असार । गाजाको उत्तरतर्फको बेइत हानुन क्षेत्रमा भएको विष्फोटका कारण पाँच जना इजरायली सैनिकको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।

इजरायली सेनाले मंगलबार जारी गरेको वक्तव्यमा जनाएअनुसार कफिर ब्रिगेडको अन्तर्गत पर्ने नेत्साह यहुदा बटालियनका सैनिकहरू बारुदले जडित एक भवनलाई घेरेर सुरक्षात्मक कारबाहीमा संलग्न रहेका थिए । सोही क्रममा विष्फोटक उपकरण विस्फोट भई घटनामा मानवीय क्षति भएको हो ।

घाइतेहरूलाई उद्धार गर्ने क्रममा सेनाका सदस्यहरूलाई गोलाबारीमा समेत पर्नु परेको जनाइएको छ । त्यसपछि घाइतेहरूलाई शीघ्र अस्पताल पुर्‍याई उपचार गराइएको बताइएको छ ।

यसैबीच, गाजा स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार सन् २०२५ मार्च १८ यता पुनः सुरु भएको सैन्य अभियानमा छ हजार ९६४ भन्दा बढी प्यालेस्टिनी नागरिकहरूले ज्यान गुमाइसकेको उल्लेख छ । अक्टोबर सन् २०२३ यता कूल मृतक संख्या ५७ हजार ५२३ पुगेको बताइएको छ ।

यस घटनाले गाजाको सुरक्षा स्थिति अझै जटिल र संवेदनशील बन्दै गएको संकेत दिएको छ । सिन्ह्वा

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »