डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

कञ्चनपुर, २६ असार । वर्षातको मौसमसँगै डेंगुको जोखिम बढ्दै जान थालेपछि कञ्चनपुरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले डेंगु सार्ने लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा खोजी तथा नष्ट गर्ने सम्बन्धी पालिकाहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले डेंगु नियन्त्रणको सुरुवात घरआँगन सफा राख्ने र पानी जम्ने ठाउँ हटाउने कार्य शुरु गरिएकोे बताउनु भयो । उहाँका अनुसार डेंगुको संक्रमणबाट जोगिन लामखुट्टेको बासस्थान नष्ट गर्ने, त्यसका लागि पानी जम्ने ठाउँहरू (फूलदानी, बाल्टिन, टायर, ड्रम, कुलर, ट्यांकी, प्लास्टिकका भाडाहरू आदि) सफा राख्ने कार्य बारे समाजका अगुवाहरुलाई भेला गरेर जानकारी दिने कार्य भैरहेको छ । कार्यक्रममा सहभागीहरुलाई विभिन्न ठाउँमा गएर लामखुट्टे लार्भा पहिचान गर्ने तरिका सिकाउने, पानी जम्मा हुने ठाउँहरूमा सर्भे गरी सचेतना फैलाउने लगायतका कार्यक्रम भैरहेको उहाँको भनाई रहेको छ ।

पानी राख्ने भाँडाहरू ढाकेर राख्ने, बिहान र दिउँसो लामखुट्टे बढी सक्रिय हुने समय भएकाले त्यो बेला लामो बाहुला भएका कपडा लगाउने,शरीर खुला नराख्ने, लामखुट्टे भगाउने क्रिमको प्रयोग गर्ने,घरभित्र र वरिपरि सफा राख्ने,झ्याल, ढोकामा जाली लगाउने,सुत्ने बेला झुलको प्रयोग गर्नु पर्दछ भन्ने कुरा कार्यक्रमका माध्यबाट सचेत पार्ने कार्य भैरहेको उहाँले उल्लेख गर्नु भयो । “टुक्रा–टुक्रा प्लास्टिक, टिनका डब्बा, भाँचिएका भाँडाहरू खुला ठाउँमा नराख्ने,डेंगुका लक्षण (ज्वरो, टाउको दुख्ने, हड्डी दुख्ने, आदि) भएमा तुरुन्त स्वास्थ्य संस्थामा जानु पर्दछ” उहाँले भन्नुभयो । पालिकाहरु संग समन्वय गरी डेंगु विरुद्धको सचेतनामूलक कार्यक्रम भैरहेको उहाँले बताउनु भयो । उहाँले डेंगु रोग, यसको लक्षण, लामखुट्टेको जीवनचक्र र नियन्त्रणका उपायबारे जानकारी दिनु हुदै डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले सार्ने रोग रहेको बताउनु भयो ।

“डेंगु सार्ने लामखुट्टेले प्रायः बिहान र दिउँसो टोक्ने गर्छ” उहाँले भन्नुभयो, “यसको जीवनचक्रमा अण्डा, लार्भा, प्युपा र वयस्क चरण पर्दछ, लार्भा पानीमा विकसित हुने भएकाले पानी जम्ने भाँडाकुडा यसको मुख्य स्रोतका रुपमा रहेका छन ।” पानी जम्ने भाँडाकुडाको पानी फाल्ने कार्य गर्नु पर्ने उहाँले उल्लेख गर्नु भयो । डेंगुको संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको दुखाइ हुने आँखाको पछाडि दुखाइ हुने, मांसपेशी र हड्डी दुख्ने, आदी हुने गरेको उल्लेख गर्नु हुदै उहाँले डेंगु रोगको कुनै विशेष औषधि नभएकोले पूर्व सतर्क रहि रोगको संक्रमण गराउने लामखुट्टेको टोकाईबाट बच्नु मुख्य उपाय रहेको बताउनु भयो ।

“शुक्लाफाँटा नगरपालिकामा कार्यक्रम सम्पन्न गरि सकेका छौं” उहाँले भन्नुभयो, “कृष्णपुर नगरपालिकाका दुई ठाउमा कार्यक्रम सञ्चालन गर्ने तयारी भैरहेको छ, अन्य डेंगुको जोखिम देखिएका ठाउमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने योजना छ । डेंगु रोग नियन्त्रणको लागि व्यक्तिगत सरसफाइ, सामुदायिक सचेतना र सरकारी निकायबीचको सहकार्य अत्यन्तै जरुरी रहेको छ” पिपलाडी स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले भन्नुभयो, “यस सचेतनामूलक कार्यक्रमले डेंगु नियन्त्रणमा उल्लेखनीय सहयोग पुग्ने विश्वास लिएका छौ ।” कञ्चनपुरमा चालु आबको साउन महिनादेखि हाल सम्म २९ जना व्यक्तिमा डेंगुको संक्रमण देखा परेको छ । वर्षाको समयमा अझै डेंगुको संक्रमण बढन सक्ने भएकाले सचेत हुनु पर्ने स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ ।

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। यो

Read More »

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पुजा अर्चना

भक्तपुर, ८ कार्तिक ।राष्ट्रपति  रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्

Read More »

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »