नीलगाई नियन्त्रणका लागि जैविक गन्धयुक्त औषधिको सफल परीक्षण

धनुषाधाम, २७ असार । वर्षौंदेखि नीलगाई, बाँदर र बँदेलजस्ता वन्यजन्तुबाट हैरान मधेसका किसानका लागि जैविक गन्धयुक्त औषधिको सफल परीक्षण गरिएको छ । धनुषाको मिथिला विहारी नगरपालिकामा अवस्थित मिथिला ‘वाइल्ड लाइफ’ ट्रष्टले यस्ता वन्यजन्तु नियन्त्रण गर्न जैविक गन्धयुक्त औषधिको सफल परीक्षण गरेको ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले जानकारी दिनुभएको छ । यसका लागि करिब छ महिना लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार गत पुसदेखि सुरु भएको अनुसन्धान जिल्लाका धनुषाधाम नगरपालिका, कमला नगरपालिका, बटेश्वर गाउँपालिका, जनकनन्दिनी गाउँपालिकाको तीन–तीन वटा किसानको खेतबारीमा अनुसन्धान गरी औषधि तयार पारिएको हो ।

तामिलनाडु कृषि विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक गर्नुभएका सिरहाका सुमित झाको नेतृत्वमा सात जना प्राविधिक टोलीको सहयोगमा औषधि तयार गरिएको हो । झासहित यस अनुसन्धानमा वातावरण विज्ञानका सचिनकुमार सिंह, वन्यजन्तु अनुसन्धान प्राविधिक अमरनाथ यादव, रविनन्दन ठाकुर, चालक–प्राविधिक सन्तोष महतो, प्राविधिक प्रदीप राम, गौतमराज मण्डल र सहजकर्ताका रुपमा अध्यक्ष मण्डलले सहयोग गर्नुभएको थियो । उक्त परीक्षणले खेतबारीमा नीलगाई प्रवेश न्यूनीकरण गर्न सकिने पुष्टि भएको अध्यक्ष मण्डलले बताउनुभयो । उक्त औषधि लसुन, माछाको फोहर, छाछ, असुरो, निर्गुण्डी, अकौन, बकाइन, धतुरा, बङ्गरेरा र गाईको गोबरजस्ता जैविक पदार्थबाट बनाइएको हो । औषधिमा गौमूत्र मिसाएर परीक्षणका क्रममा औषधि छरिएका खेतमा नीलगाई १२ देखि २८ दिनसम्म नदेखिएको वा देखिए पनि बाली नखाएको अध्यक्ष मण्डलको दाबी छ ।

परीक्षणका क्रममा खेतमा स्वचालित क्यामेरा ट्र्याप जडान गरी वन्यजन्तुको गतिविधि निगरानी गरिएको थियो भने प्रत्यक्ष रूपमा किसान तथा टोलीका सदस्यले नियमित अनुगमन गरेको अध्यक्ष मण्डल बताउनुहुन्छ । “यो औषधि पहिलोपटक सन् २०१६ मै तयार गरिएको थियो”, अध्यक्ष मण्डलले भन्नुभयो, “तर त्यसबेला नीलगाईलाई हामीले १७ दिनसम्म मात्र रोक्न सफल भएका थियौँ र पछि स्रोत र साधनको अभावमा परीक्षण रोकिएको थियो ।” यसपटक भने पीपल ट्री, लालोमलिना र लिली लिभ्सको प्राविधिक सहयोगमा परीक्षण गरिएको उहाँको भनाइ छ । ट्रस्टका अध्यक्ष मण्डलले यो विधिलाई सामुदायिक प्रयोगका लागि खुला राखिने बताउनुभयो । अनुसन्धानको अन्तिम प्रतिवेदन चाँडै सार्वजनिक गर्ने उहाँले बताउनुभयो । शोधकर्ताले यो प्रयासले मधेसका किसानलाई ठूलो राहत दिने र कृषि क्षेत्रलाई वन्यजन्तुबाट सुरक्षित राख्न योगदान पुग्ने विश्वास लिइएको अध्यक्ष मण्डलको विश्वास छ ।

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् । सोमबार

Read More »

९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन ९ सय रुपैयाँले घटेर

Read More »