संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रदेश खारेजी विषयलाई लिएर संविधानका मूलभूत व्यवस्थामाथि छेडछाड गर्न खोज्नु उचित नहुने बताएका हुन् ।

उनले भने, ‘वर्तमान सरकारले संविधान संशोधनको नाममा प्रदेश खारेजको नाममा लोकतन्त्र सङ्घीयता धर्म निरपेक्षमाथि छेडखानी जुन दुष्साहस गर्नु हो । यदि संविधान संसेशन गर्ने हो भने एक तिहाइ महिलाको अधिकार संविधानमा सुनिश्चित छ त्यसलाई ५० प्रतिशत पु¥याइयो ।’

संविधानमा सुनिश्चित गरिएको एकतिहाइ महिला प्रतिनिधित्वलाई बढाएर ५० प्रतिशत पु¥याउनुपर्ने बताउँदै उनले आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु तथा अन्य पछाडि पारिएका समुदायका अधिकारलाई अझ प्रभावकारी बनाउने गरी संशोधन गर्नुपर्ने बताए ।

‘आदिवासी जनजाति दलित मधिसे मुस्लिम थारु जस्ता पछाडि पारेको समुदाय माथि उठाउने विद्यार्थी मजदुरको पक्षमा २०७२ मा जारी भएको संविधान कहाँ कहाँ अधिकार कुन्थीत गरेको छ । त्यो उनीहरूको अधिकार पुर्न विचार गरेर संविधान संशोधन गरियोस्,’ उनले भने ।

उनले संविधान संशोधनको नाममा लोकतान्त्रिक व्यवस्थामाथि छेडखानी गरियो भने विरोध हुने समेत बताए । उनले भने, ‘संविधान संशोधनको नाममा लोकतन्त्रमाथि छेडखानी गरियो भने सिंहदरबारमा बस्ने शासकहरूको विद्धमा विरोध हुन्छ ।’

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् । सोमबार

Read More »

९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन ९ सय रुपैयाँले घटेर

Read More »

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा

Read More »

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता

Read More »

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »