पोखरामा सम्पन्न ‘गण्डकी स्टार’ प्रतियोगितामा गृष्मा र सौगातको विजय

पोखरा । नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा तथा ICAS को मुख्य प्रायोजनमा सम्पन्न बहुचर्चित सांगीतिक तथा नृत्य प्रतियोगिता ‘गण्डकी स्टार सिजन ६’ को उपाधि पोखरास्थित प्रतिभा सेकेण्डरी स्कुलले जितेको छ। नृत्यतर्फ सोही विद्यालयकी छात्रा गृष्मा गौतमले उत्कृष्ट प्रस्तुति दिँदै ‘गण्डकी स्टार’ को उपाधि हात पारिन् भने, गायनतर्फ सौगात सुनारले पहिलो स्थान हासिल गरे।

नृत्य विधामा गृष्मा गौतम विजेता घोषित भइन भने प्रसिद्धि सुबेदी फर्स्ट रनरअप, रेश्मा विक सेकेन्ड रनरअप, एनि कार्की थर्ड रनरअप र गरिमा भट्ट मोस्ट पपुलर च्वाइस घोषित भए। त्यस्तै, गायनतर्फ सौगात सुनार विजेता घोषित भए भने सोनम गुरुङ फर्स्ट रनरअप, ज्योती खड्का सेकेन्ड रनरअप, केशव पुन थर्ड रनरअप र सन्जय पुन फोर्थ रनरअप बने।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय श्याम राजा महतले प्रतिभा विकास, कला प्रवर्द्धन र सांस्कृतिक चेतनाका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको बताउँदै नव प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सबैले साथ दिनुपर्ने धारणा राखे। विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय लक्ष्मण बहादुर पाण्डे र विशेष अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य बहादुर बिखर्चिले यस्ता कार्यक्रमहरू नव प्रतिभा पहिचान तथा प्रोत्साहनमा टेवा पु¥याउने बताए।

कार्यक्रममा निष्पक्ष मूल्याङ्कनका लागि डा. दिपामाला श्रेष्ठ गुरुङ, धर्मेन्द्र पौडेल, पूजा ठाकुर, रमेश श्रेष्ठ, करणन तामाङ, आरजु बिष्ट सल्यानी र झलक गुरुङ सहितको निर्णायक मण्डलको सहभागिता थियो। गण्डकी प्रदेशका नव प्रतिभाहरूको पहिचान र प्रोत्साहनमा कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास आयोजक संस्थाको रहेको छ। पोखरा उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रम अत्यन्त भव्य र आकर्षक रूपमा सम्पन्न भएको थियो। आयोजक नन्द इन्टरटेन्मेन्ट हाउसले यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ।

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »