पोखरामा सम्पन्न ‘गण्डकी स्टार’ प्रतियोगितामा गृष्मा र सौगातको विजय

पोखरा । नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा तथा ICAS को मुख्य प्रायोजनमा सम्पन्न बहुचर्चित सांगीतिक तथा नृत्य प्रतियोगिता ‘गण्डकी स्टार सिजन ६’ को उपाधि पोखरास्थित प्रतिभा सेकेण्डरी स्कुलले जितेको छ। नृत्यतर्फ सोही विद्यालयकी छात्रा गृष्मा गौतमले उत्कृष्ट प्रस्तुति दिँदै ‘गण्डकी स्टार’ को उपाधि हात पारिन् भने, गायनतर्फ सौगात सुनारले पहिलो स्थान हासिल गरे।

नृत्य विधामा गृष्मा गौतम विजेता घोषित भइन भने प्रसिद्धि सुबेदी फर्स्ट रनरअप, रेश्मा विक सेकेन्ड रनरअप, एनि कार्की थर्ड रनरअप र गरिमा भट्ट मोस्ट पपुलर च्वाइस घोषित भए। त्यस्तै, गायनतर्फ सौगात सुनार विजेता घोषित भए भने सोनम गुरुङ फर्स्ट रनरअप, ज्योती खड्का सेकेन्ड रनरअप, केशव पुन थर्ड रनरअप र सन्जय पुन फोर्थ रनरअप बने।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय श्याम राजा महतले प्रतिभा विकास, कला प्रवर्द्धन र सांस्कृतिक चेतनाका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको बताउँदै नव प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सबैले साथ दिनुपर्ने धारणा राखे। विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय लक्ष्मण बहादुर पाण्डे र विशेष अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य बहादुर बिखर्चिले यस्ता कार्यक्रमहरू नव प्रतिभा पहिचान तथा प्रोत्साहनमा टेवा पु¥याउने बताए।

कार्यक्रममा निष्पक्ष मूल्याङ्कनका लागि डा. दिपामाला श्रेष्ठ गुरुङ, धर्मेन्द्र पौडेल, पूजा ठाकुर, रमेश श्रेष्ठ, करणन तामाङ, आरजु बिष्ट सल्यानी र झलक गुरुङ सहितको निर्णायक मण्डलको सहभागिता थियो। गण्डकी प्रदेशका नव प्रतिभाहरूको पहिचान र प्रोत्साहनमा कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास आयोजक संस्थाको रहेको छ। पोखरा उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रम अत्यन्त भव्य र आकर्षक रूपमा सम्पन्न भएको थियो। आयोजक नन्द इन्टरटेन्मेन्ट हाउसले यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »