जाजरकाेट भूकम्पपीडितको सेवा गर्दै डा दिलजान मन्सुर कर्ट

काठमाडौं, २२ मंसिर । एफडीएच क्लिनिकका सञ्चालक डा दिलजान मन्सुर ‘कर्ट’ भूकम्पपीडितको सेवामा खटिएका छन् । पेसाले चिकित्सक भए पनि समाजसेवा गर्न रुचाउने डा कर्टले जाजरकोट भूकम्पपीडितलाई स्वास्थ्यसेवासहित ओढ्ने ओछ्याउनेलगायतका राहत सामग्री पनि प्रदान गरेका छन् । 

करिब एक दशकअघि जाजरकोटमै फैलिएको हैजाको महामारीका बेला पनि सेवा गर्न पुगेका उनी अहिले भूकम्पको मारमा परेका जाजरकोटबासीलाई स्वास्थ्यसेवासहितको सहयोग गर्न पुगेका हुन् । 

गत १७ काात्तिकमा जाजरकोलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्म जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ । 

बढ्दै गएको चिसोले सो क्षेत्रका बालबालिका, सुत्केरी, वृद्धवृद्धा मारमा परेका र केहीको मृत्यु भएको खबर सार्वजनिक भएसँगै डा कर्ट उनीहरुको सेवा गर्न जाजरकोट पुगेका हुन् । 

उनले जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का १७० घर परिवारलाई डस्नालगाायतका राहत सामग्री प्रदान गरेका छन् । साथै स्वास्थ्य शिविर नै चलाएर उनले स्वास्थ्य सेवा दिएका छन् । उनले रातको समयमा समेत भूकम्पपीडित बसेका स्थान पालपालमै पुगेर स्वास्थ्यसेवा दिएका छन् । चिसो र पर्याप्त खानाका अभावका कारण मारमा परेका गर्भवती, बालबालिका र वृद्धवृद्धालाई उनीहरु बसेकै स्थानमा पुगेर स्वास्थ्यसेवा दिइरहेको डा कर्टले जानकारी दिए । 

उनका अनुसार भूकम्पपीडितमा चिसोका कारण छातीमा समस्या, रुघाखोकी, ज्वरोको समस्या देखिएको छ । 

करिब एक दशकअघि जाजरकोटमा झाडापखलासहित फैलिएको हैजाको महामारी हुँदा औषधिसहित स्वास्थ्यसेवा दिएका डा कर्टले सो बेला आफ्नो पैतृक सम्पत्ति बेचेर जारजारकोटबासीलाई पानी छान्ने आधुनिक फिल्टर वितरण गरेका थिए । 


 

कागेश्वरी मनोहरा नगर अस्पतालमा सेवा विस्तारको तयारी, १०० शय्याको अस्पताल बनाउने लक्ष्य

काठमाडौं । स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको छ। अस्पतालको सेवा विस्तार,

Read More »

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

काठमाडौं, ११ कार्तिक । चीनमा दुई ठूला ब्रान्डहरूले फ्रान्सेली फुटबल सुपरस्टार किलियन एमबाप्पेसँगको सहकार्य तोडेका छन्। अनलाइनमा एउटा भिडियो भाइरल भएपछि यो कदम चालिएको हो, जसमा

Read More »

थ्रिलर म्याचमा चितवनसँग पराजित भयो विराटनगर किंग्स

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको

Read More »

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

काठमाडौं, १० कात्तिक । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले मंगलबार सूचना जारी गर्दै

Read More »

एनपीएलमा आज दुई खेेल हुँदै

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै छन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो

Read More »

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »