गुणस्तरहीन सडक निर्माणको स्थानीयद्वारा विरोध

सिरहा, ३२ असार । जिल्ला सदरमुकाम सिरहा हुँदै भारतसँगको सीमावर्ती बजार माडर जोड्ने सडकअन्तर्गत माडर बजार क्षेत्रको आरसिसी ढलानको काम गुणस्तरहीन भएको भन्दै मङ्गलबार दिनभर स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

स्थानीयले सरकारी निकाय र ठेकेदार कम्पनीबीचको मिलेमतोमा योजनाबमोजिमको मापदण्ड नअपनाई कमसल सामग्री प्रयोग गरिएको आरोप लगाएका छन् ।

“माडरको कालि मन्दिरबाट भन्सार जाने बाटोको ६० मिटर सडकमा गत आइतबार राति गरिएको ढलानमा गिट्टी, बालुवा र सिमेन्टको अनुपात नमिलाई कमसल निर्माण गरिएको छ । सोमबार बिहानै अनुगमनका क्रममा लट्ठीले घोच्दा पनि सडक फुट्ने देखियो”, स्थानीय रामकुमार यादवले भने ।

सिरहा नगरपलिका–१७ का वडाध्यक्ष उमेशप्रसाद यादवका अनुसार गुणस्तरहीन निर्माण भएपछि नगरपालिकाका प्राविधिक र प्रहरी बोलाएर अनुगमन गरिएको छ । निर्माण व्यवसायीको मिक्स्चर र पानीट्याङ्कर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाइएको छ ।

निर्माण कम्पनीका साइट इञ्जिनियर सञ्जीव साहले मजदुरको त्रुटिका कारण समस्या भएको स्वीकार गरे । उनले अब प्राविधिक परीक्षण गरिने जानकारी दिँदै भने, “आइतबार रातिको ढलानमा घोल्दा गल्तीले छिटो जम्ने केमिकल बढी प्रयोग भएको हो । निर्माण सामग्रीको अनुपात नमिलेको होइन ।”

योजनाअन्तर्गत सिरहा सदरमुकामबाट माडरसम्मको एक हजार ३०० मिटर सडकमा दुवैतर्फ वर्षा यामको पानीको निकासका निम्ति नाला निर्माण, ग्राभेल, माटो भर्ने, आरसिसी ढलान र विद्युत् पोल सार्ने कार्य समावेश छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालयले छ करोड ५८ लाख ५३ हजार ८१० रुपैयाँमा यो सडक निर्मााणको सम्झौता भएको हो । 

९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन ९ सय रुपैयाँले घटेर

Read More »

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा

Read More »

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता

Read More »

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »