भ्रष्टाचारीको मुख हेर्दिनँ भन्थे, प्रधानमन्त्रीज्यू बैठकमा उल्टो फर्केर बस्नुभयो कि क्या हो ? : शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ओली सरकारका विवादित मन्त्रीतर्फ सङ्केत गर्दे तिखो व्यङ्ग कसेका छन्।

शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टचारीको मुख पनि हेर्दिनँ’ भनेको कुरा स्मरण गराउँदै ‘मन्त्रिपरिषद्को बैठकमा उल्टो फर्केर बस्नुभयो कि कसो ?’ भनेर भनेका छन्। ‘भ्रष्टाचारीको मुख पनि हेर्दैन भन्थे प्रधानमन्त्रीज्यूले,’ शाहीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीज्यू उल्टो फर्केर बस्नुभयो कि क्या हो ?’

हालै सार्वजनिक भएको अडियोमा ओली सरकारका दुई मन्त्री विवादमा मुछिएपछि उनले यस्तो व्यङ्ग गरेका हुन्। दुईमध्ये एक सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले गत मङ्गलबार राजीनामा दिइसकेका छन्।

उनले सोमबारको मन्त्रिपरिषद्को बैठकमा भने सहभागिता जनाएका थिए। त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पनि ३२ लाख लिएको अडिओ सार्वजनिक भएको छ।

‘सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन प्रयास गरेको केपी ओली सरकारले फोनमा प्रतिबन्ध लगाउनु पर्‍यो। मन्त्रीहरूको भ्रष्टाचारको डिल बाहिर आउन थाल्यो,’ शाहीले थप व्यङ्ग्य कसेका छन्।

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा

Read More »

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता

Read More »

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »