कृष्णपुरद्वारा निःशुल्क शव बाहन सेवा सञ्चालन

कञ्चनपुर, १ साउन ।  कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याएको छ । नगरवासीलाई आर्थिक तथा व्यवस्थापकीय सहजता पु¥याउने उद्देश्यले शव वाहन सेवा सञ्चालनमा ल्याएको नगर प्रमुख हेमराज ओझाले बताउनुभयो । नगरबासीलाई पहिलो प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिएको जानकारी दिनु हुदै नगर प्रमुख ओझाले छिमेकी पालिकाका बासिन्दालाई पनि सो सेवा निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाईएको बताउनु भयो ।

“शव बाहन अभावमा नागरिकले निजी गाडीमा शव लैजानुपर्ने बाध्यता हटाउने उद्देश्यले यो सेवा सुरु गरिएका छौं” उहाँले भन्नुभयो, “नगरको सामाजिक उत्तरदायित्वअनुसार जनताको दुःखमा साथ दिने हाम्रो प्रयास हो ।” निःशुल्क शव वाहन सेवाको सञ्चालनसँगै नागरिकले नगर कार्यालय संगै सम्बन्धित वडाबाट सहज रूपमा सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । चालकसंग सम्पर्क गरेर पनि सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको नगरपालिकाको वडा नं २ का वडा सदस्य अर्जुन बहादुर साउदले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले यसअघि एम्बुलेन्स सेवा, स्वास्थ्य शिविर, विपन्न लक्षित कार्यक्रम जस्ता सामाजिक पहलहरू सञ्चालन गर्दै आएको छ । शववाहन सेवा थपिएसँगै नगरपालिकाले नागरिकमैत्री सेवा विस्तारमा नयाँ उदाहरण प्रस्तुत गरेको उहाँको भनाइ रहेको छ । स्थानीय समाजसेवी, जनप्रतिनिधि र सर्वसाधारणले नगरपालिकाको यो कदमलाई स्वागत गर्दै दुःखद घडीमा राहतको महसुस हुने प्रतिक्रिया दिएका छन । शव बाहन नगरपालिकाको आन्तरिक आय रु २६ लाखमा खरिद गरिएको बताइएको छ ।

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा

Read More »

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता

Read More »

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »