जाजरकोट, पाल्पा र रुपन्देहीमा विभिन्न घटनामा ३ जनाको मृत्यु

काठमाडौँ । विभिन्न जिल्लामा खोलाले बगाएर र डुबेर ३ जनाको मृत्यु भएको छ । जाजरकोट, पाल्पा र रुपन्देहीमा ३ जनाको मृत्यु भएको हो । जाजरकोटको छेडागाड नगरपालिका–५ स्थित छेडागाड खोलाले बगाएर सोही नगरपालिका–५ वडा बस्ने ५० वर्षीय अम्मर बहादुर शाहीको बुधबार साँझ मृत्यु भएको छ । नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका उनको उद्धार गरी उपचारको लागि नगर अस्पताल फुर्किचौर छेडागाड पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै पाल्पाको माथागढी गाउँपालिका–२ सोले दोहोरा गाउँ बस्ने शङ्कर कुमालको २ वर्षीय छोरा सुगम कुमालको सोही ठाउँस्थित तालकुलोमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

उता रुपन्देहीको मर्चवारी गाउँपालिका–२ अमुवा बस्ने २६ वर्षीय सुग्रीम हरिजनको पनि पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । उनको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो ।  सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा

Read More »

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता

Read More »

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »