विद्या भण्डारीलाई एमालेले सम्मानजनक रूपले व्यवस्थापन गर्छ : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने घोषणा गरिसकेको विषय पार्टीमा छलफलको विषय बनेको बताएको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकमा विद्या भण्डारी र जिम्मेवारीबारे औपचारिक रुपमै छलफल प्रारम्भ भएको हो । एमाले सचिव योगेश भट्टराईले भण्डारी आइसकेपछि पार्टीमा छलफल हुने र त्यो पार्टीको विषय बनेको बताए ।

‘उहाँ पार्टीमा सक्रिय हुन आउनुहुन्छ भने उचित स्थान पनि दिनुपर्ला, सम्मानजनक ठाउँ पनि खोज्नुपर्ला । यो विषय पार्टीको हाइलेवलमा कुराकानी होस् भन्ने हाम्रो चाहाना छ’, भट्टराईले भने, ‘अध्यक्षले उहाँसँग संवाद गरेर प्रस्ट होस् भन्ने चाहाना छ । त्यसपछि हामी पार्टी कमिटीमा छलफल गर्छौ ।’

उनले त्यसबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आवश्यक परे छलफल गरौँला भनेको र आज सम्भव नभए अरू बैठकमा छलफल गर्न सकिने बताएको जानकारी दिए । भट्टराईले भण्डारीले पार्टी प्रणाली र सिस्टम बुझेकाले पार्टी प्रणालीबाटै जाने भन्दै सम्मानजनक ढङ्गले व्यवस्थापन (सेटल) गर्ने क्षमता एमालेमा रहेको बताए ।

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा

Read More »

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता

Read More »

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »